अपडेट 
२०७९ भाद्र ९, बिहीबार १६:४६

जनकपुरधाममा आन्दोलनरक्त सुकुम्बासीहरुले दिउँसै मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन ।

बिहिबार जनकपुरधामस्थित मुख्यमन्त्री लालबाबु राउतको कार्यालय अगाडि पुत्ला दहन गर्न जाँदै गर्दा सुकुम्बासी प्रदर्शनकारीहरुलाई प्रहरी प्रसाशनले मिल्स एरियामा रोकेपछि आन्दोलनरक्त सुकुम्बासीहरुले बिच सडकमै मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन । दिउँसो करिब दुई घण्टासम्म मिल्स एरियाको स्थिती तनावग्रस्त बनेको थियो । सयौंको संख्यामा आएका सुकुम्बासीहरुले आफूहरुलाई जग्गा उपलब्ध गराउ सरकार, मुख्यमन्त्री मुर्दाबाद लगाउतका नारा लगाएका थिए ।

प्रहरीले मिल्स एरियाबाट एक दर्जन बढी प्रदर्शनकारीलाई समातेर लगेका छन । विगत लामो समयदेखि जनकपुरधाममा सुकुम्बासी तथा चुरे वन संरक्षण अभियानले विभिन्न मांग राख्दै आन्दोलन गर्दै आएको छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=27KHrXfgOBA

Comment


Related News