जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेशले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ८ वटै जिल्लामा प्रदेश प्रतिनिधि खटाएको छ ।
कांग्रेसले भदौ १० देखि २४ गतेसम्म हुने अभियानका लागि प्रदेश सदस्यहरूलाई प्रतिनिधिको रूपमा खटाएको हो । प्रदेश अध्यक्ष कृष्ण यादवका अनुसार प्रदेश प्रतिनिधिलाई वस्तुस्थिति बुझ्नेदेखि बन्न बाँकी रहेका संगठन उम्मेदवारको मूल्यांकन र संरचना निर्माणसम्मको जिम्मेवारी तोकिएको छ । ‘प्रदेशहरूलाई भदौ १० भित्र अनिवार्य जिल्ला पुग्न निर्देशन दिइएको छ, ’ प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले भने, ‘ प्रदेश प्रतिनिधिलाई वस्तुस्थिति बुझ्न, बन्न बाँकी रहेका संगठन संरचना निर्माण र पार्टीका उम्मेदवारलाई विजयी बनाउने गरी अभियान सञ्चालनको जिम्मेवारी दिइएको छ ।’ पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले सूचना सचार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्तालाई सर्लाही जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ ।
कांग्रेसले खटाएको प्रतिनिधिहरुमा सप्तरीको १ को ‘क’ मा नितु झा, ‘ख’ मा अख्तर अली, २ को ‘क’ मा विन्दा कार्की, ‘ख’ मा शीतलप्रसाद यादव, ३ को ‘क’ मा रेखाकुमारी यादव, र ‘ख’ मा सरोज यादव, ४ को ‘क’ मा राजदा खातुन र ‘ख’ मा प्रमेश पोख्रेललाई पठाएको छ । त्यस्तै सिरहाको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा बुने ल राम र ‘ख’ मा शर्मिला थापा, २ को ‘क’ मा रामबाबु साह र ‘ख’ मा मदन बहादुर विक, ३ को ‘क’ मा धर्मलाल राय र ‘ख’ मा जसोधाकुमारी यादव, ४ को ‘क’ मा सोनी कुमारी बोञ्जन र ‘ख’ मा ध्रुव प्रसाद रिजाललाई पठाएको छ । यस्तै धनुषाको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा नुरुन नेसा र ‘ख’ मा सुरेश प्रसाद यादव, २ को ‘क’ मा सुरेश लाल कर्ण र ‘ ख’ मा रेखा यादव, ३ को ‘क’ मा नरेन्द्र यादव र ‘ख’ मा शिव नारयाण यादव, ४ को ‘क’ मा सुनिल ठाकुर र ‘ख’ मा लक्ष्मण प्रसाद ठाकुरलाई पठाएको छ । त्यस्तै महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा हरिनारायण साह र ‘ख’ मा भावना ढुङ्गेल घिमिरे, २ को ‘क’ मा राजकिशोर यादव र ‘ख’ मा बासुलाल महतो, ३ को ‘क’ मा बालेश्वर मण्डल र ‘ख’ मा सुरे श ठाकुर हजाम, ४ को ‘क’ मा रचना श्रेष्ठ माथेमा र ‘ख’ मा जीवनाथ चौधरीलाई पठाएको छ । त्यस्तै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा सुर्यवहादुर थापा र ‘ख’ मा अञ्जु झा, २ को ‘क’ मा नितेशकुमार गुप्ता र ‘ख’ मा रविन चन्द कोइराला, ३ को ‘क’ मा अरुण कुमार साह र ‘ख’ मा अच्छेलाल राय यादव, ४ को ‘क’ मा राजेश गिरी र ‘ ख’ मा नागेन्द्र साहलाई पठाइएको छ । त्यस्तै रौतहटको निर्वाचन क्षेत्र नम्वर १ को ‘क’ मा उदय नारायण चौधरी र ‘ख’ मा सर्मिला थापा, २ को ‘क’ मा रामबाबु साह र ‘ख’ मा मदन बहादुर विक, ३ को ‘क’ मा धर्मलाल राय र ‘ख’ मा जसोधाकुमारी यादव, ४ को ‘क’ मा सोनी कुमारी गुञ्जन र ‘ ख’ मा ध्रुव प्रसाद रिजाललाई पठाइएको छ । त्यस्तै बाराको निर्वाचन क्षेत्र नम्वर १ को ‘क’ मा पिंकी साह र ‘ख’ मा ममता महतो, २ को ‘क’ मा नितेन्द्र साह र ‘ख’ मा प्रेमशंकर सिंह, ३ को ‘क’ मा ताज अलि अन्सारी र ‘ख’ मा रामाकान्त चौरसिया, ४ को ‘क’ मा अर्चना चौधरी र ‘ख’ मा किरणकुमारी शर्मालाई पठाइएको छ । त्यस्तै पर्सा निर्वाचन क्षेत्र नम्वर १ को ‘क’ मा मनमाया तमांगनी र ‘ख’ मा उषा देवकोटा, २ को ‘क’ मा संजयकुमार चौरसिया र ‘ख’ मा मो. अतिउर रहमान, ३ को ‘क’ मा सीताकुमारी पासवान र ‘ख’ मा शान्ति सिंह, ४ को ‘क’ मा सीताकुमारी मैनाली र ‘ख’ मा उपेन्द्र जयसवालाई पठाइएको मुख्य सचिव सन्तु प्रसाद यादवले जनाएका छन् ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=27KHrXfgOBA

