२०७९ भाद्र १०, शुक्रबार ०७:३७

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा तालाबन्दी गर्न खोज्दा पक्राउ परेका १२६ जना रिहा भएका छन् ।

विहीबार साँझ उनीहरुलाई रिहा गरिएको हो । चुरे तथा वन जंगल संरक्षण सम्बन्धी विभिन्न माग गर्दै उनीहरुले तालाबन्दी गर्न पुगेको थियो । दिउसो प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर साझ रिहा गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार उनीहरुले मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न खोज्दा र पुतला दहन गर्दा पक्राउ गरेको थियो । यसअघि पनि उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गर्दा पक्राउ गरी ‘अवदेखि यस प्रकारको कार्यक्रममा सहभागि नहुने’ सर्त गरी रिहा गरेका थिए । तर पुनः त्यही प्रकृतिको आन्दोलन गर्दै आएको छ । आफ्नो माग प्रति प्रदेश सरकार उदासिन रहेको भन्दै उनीहरु प्रर्दशन गर्दा प्रहरीसँग झडप पनि भएको थियो । यद्दपी कोही घाइतको भएको छैन् । तानातानमात्रै भएको प्रहरी नायव उपरीक्ष क्षेत्रीको भनाई छ । प्रर्दशनकारीहरु मधेश भवन प्रवेश गर्न बल प्रयोग गरिरहेको थियो भने प्रहरीले रोक्न बल प्रयोग गरिरहेको थियो । उनीहरुले मुख्यमन्त्री लालबाबु राउत र उद्योग, प्रर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोको पुतलासमेत जलाएका छन् ।

उनीहरु डेढ महिनादेखि जनक चोकमा आन्दोलनरत छन । ०७८ भदौ ४ गते उनीहरुसँग प्रदेश सरकारले सम्झौता गरेको थियो । उक्त सम्झौता कार्यानव्यन नगरेको भन्दै उनहिरुले आन्दोलन गर्दै आएका छन् । सम्झौता कार्यानव्यन गर्नुपर्ने, भुमाफियाले अतिक्रमण गरेको वनको जग्गा फिर्ता लिनु पर्ने, रोक्नु पर्ने र वास्तविक भुमिहीन सुकुम्वासीलाई जग्गा दिनुपर्ने माग गरेका छन् । सिरहा मिर्चैयास्थित मारुती सिमेन्ट उद्योगले वनको जग्गा अतिक्रमण गरेको उनीहरुको आरोप छ ।

Comment


Related News

Latest News

Trending News