अपडेट 
२०७९ भाद्र १०, शुक्रबार ०७:४१

जनकपुर–जयनगर रेल्वे विस्तार अन्तरर्गत मुआब्जामा जालझेल भएको आरोप लागेको छ ।

विहीबार महोत्तरीका स्थानीय तथा किसानहरुले मुआब्जा वितरणमा जालभलोल भएको भन्दै जनकपुरधाममा आएर प्रर्दशन गरेको हो । रेलवे साइड कार्यालयले कुर्थादेखि बर्दिबास सम्म निर्माणाधिन रेलवे लिक अन्तरर्गत मुआब्जा वितरणमा लापरवाही गरेको उनीहरुको ठहर छ । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झालाई कारवाही गर्न उनीहरुले ध्यानकर्षणसमेत गराएको छ । खोल्सीपैनीको १५ लाख प्रति कट्ठा दिनुपर्नेमा दश लाख मात्रै दिइएको छ । स्थानीय शंकर फुयालले प्रति कठ्ठा किसानलाई १५ लाख भनेपनि खातामा दश लाखको हिसाबले मत्रै पठाएको जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीले निर्धारण गरेको मुआब्जा दर रेट अनुसार नदिइ आफ्नै हिसाबले वितरण गरेको छ । किसानलाई जहिले जलेश्वर पठाएर अलपत्र पारेको र नापी गर्दा निष्पक्ष नदेखिएको उनले बताए । रेलवे साइड कार्यालयले कागजातबीना नै काम गर्ने गरेको उनको भनाई छ । सम्झौताअनुसारको मुआब्जा भुक्तानी नगरे कडा आन्दोलन उनले चेतावनी दिए ।

‘छलफलका लागि पटक–पटक समय दिने अनि निर्धारित समयमा हाकिम नै नबस्ने प्रवृति देखियो । अब कडा आन्दोलन गर्नुको विकल्प रहेन,’उनले भने । आइतबारदेखि चरणवद्ध आन्दोलन गर्ने उनले बताए । यसअघि साउन १९ गते उनीहरुले जनकपुर आई मुआब्जा विवाद सुल्झाउन रेल्वेका कार्यालय प्रमुख विनोद ओझालाई लिखित ध्यानाकर्षण गराएका थिए । तर ध्यानाकर्षण गराएको एक महिना बित्न लाग्दा पनि समस्या समाधान नभएको उनीहरूको आरोप छ । नेपाल रेल्वे कम्पनीका कर्मचारीले ०७५ साल भदौ २ गतेको जग्गा मूल्यांकन समितिको निर्णयअनुसार मुआब्जा वितरण गरिरहेका छन् ।

Comment

Related News

Latest News

Trending News