अपडेट 
२०७९ भाद्र १०, शुक्रबार ०९:२८

बाराको कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा गएराती मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका-२० का ३५ वर्षीय अरुण कुमार गुप्ता र पछाडी सवार ५० वर्षीय सौरब अन्सारी रहेका छन् ।

घाइतेहरुको बीरगन्जस्थित नारायणी मेडिकल कलेजमा उपचार भइहरेको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ ।

गएराती ९ बजे मटिअर्बाबाट बीरगन्जतर्फ जाँदै गरेको ना १२ प २५७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पुलको रेलिङमा ठोक्किएको प्रहरी चौकी मटिअर्बाले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News