२०७९ भाद्र ११, शनिबार ०८:०६

धनुषा प्रहरीले एकै दिन ४४ ठाउँमा सचेतना मूलक कार्यक्रम गरेको छ ।

शुक्रबार धनुषा जिल्लाको विभिन्न स्थानमा जातिय छुवाछूत तथा भेदभाव सम्बन्धी सचेतना मूलक कार्यक्रम गरेको छ । एक हजार ३९ जनाको सहभागितामा ४४ ठाउँमा कार्यक्रम गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार स्थानीय सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि र जनकप्रतिनिधिहरुको सहभागितामा कार्यक्रम गरिएको छ । प्रत्येक प्रहरी विटले जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानीय सहभागिहरुले छुवाछूत सम्बन्धी भोगिरहेको समस्याका विषयमा प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले उनीहरुको गुनासो र समस्या समाधान गर्ने कानूनी प्रावधान बारे बताएका थिए । छुवाछूत मान्ने व्यक्तिलाई कार्यक्रममार्फत सेचत गराइएको थियो ।



Comment


Related News

Latest News

Trending News