२०७९ भाद्र ११, शनिबार ०८:०९

जिल्ला निर्वाचन कार्यालय रौतहटको आयोजनामा मतदाता नामावली अद्यावधिक दाबी विरोध सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम रौतहट जिल्लाको सदरमुकाम गौरमा शुक्रवार संपन्न भएको छ ।

मंसिर ४ मा हुने संघीय तथा प्रादेशिक निर्वाचनका लागि मतदाताहरुको नामावली संशोधन सुधार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले मतदाता नामावलीमा भएका त्रुटि सच्याउन र मृत्यु भएका व्यक्तिको नाम हटाउनका लागि निर्वाचन आयोगले निर्धारण गरेको समय भित्र दाबी विरोध गर्न सवैलाइ आग्रह गरे । रौतहट जिल्लामा ४ वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभामा गरी ४ लाख १९ हजार २ सय २१ मतदाता रहेको जानकारी गराए । भाद्र १२ गते देखि १९ गते सम्म कार्यक्रम सञ्चालन हुने भएकोले मृत्यु भएका मतदाता को विषयमा जिल्ला निर्वाचन आयोग कार्यालयमा जानकारी गराउन समेत आग्रह गरे ।



जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष राम अयोध्या यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा नेपाल प्रहरीका एसपी वीरबहादुर बूढ़ा मगर , सशस्त्र प्रहरीका डीएसपी क्षितिज क्षेत्री , मौलपुर नगरपालिकाका नगर प्रमुख रीना साह , माधव नारायण नगरपालिकाका नगरप्रमुख बैजू यादव , परोहा नगरपालिकाका उपप्रमुख सुगन्धि गिरी लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि , नगरपालिकाका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News