२०७९ भाद्र ११, शनिबार ०८:१६

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले मधेश प्रदेश सरकारको कारण प्रादेशिक अस्पताल गौरको अवस्था दयनीय हुदै गएको आरोप लगाएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका वर्गीय संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति रौतहटले आयोजना गरेको फलफूल वितरण तथा अन्तरक्रिया कार्यक्रममा मेयर साहले प्रादेशिक अस्पताल गौरको मेडिकल सुप्रीटेंडेंट डाक्टर कृष्णा साहको कारण रौतहटका जनताले उपचारमा सास्ती भोग्नु परेको बताए । नयाँ संरचना अनुसार गौर अस्पताल मधेश प्रदेश सरकारको सामाजिक विकास मंत्रालयको मातहतमा रहेकोले सामाजिक विकास मंत्रालयले डाक्टर साहलाई सरुवा नगरी प्राथमिकता दिएर राखेको कारण जनशक्ति हुँदा हँुदै पनि जनताले स्तरीय उपचार पाउन नसकेको आरोप समेत लगाए । जिल्ला अस्पतालमा वार्षिक आम्दानी राम्रो भए पनि सरसफाईको अवस्था दयनीय रहेको उल्लेख गर्दै मेयर साह ले मेसु कृष्णालाई सरुवा नगरे सम्म उपचार संभव नहुने दाबी गरे । अस्पतालमा सरसफाई नहुँदा अहिलेसम्म ५० बटा भन्दा बढ़ी संख्यामा विषालु सर्प अस्पताल भित्र देखा परेको बताए । उपचार गराउन आएका बिरामीको कुरुवालाई समेत अस्पताल भित्र आकस्मिक कक्षमा सर्पले टोकेको बताए ।

प्रादेशिक अस्पतालमा अक्सिजनको सुविधा हँुदा हँुदै पनि सञ्चालनमा नल्याउनु दुखद भएको भन्दै डाक्टर साहको सरुवा नगरेसम्म अस्पतालको अवस्था सुधार गर्न कठिन भएको भन्दै मेयर साहले अनुभवी र दक्ष चिकित्सकको व्यवस्था गर्न माग समेत गरे । गौरको डिजिटल विकास गर्न आफू तत्पर रहेकोले सहयोग गर्न संचारकर्मीहरुलाई समेत आग्रह गरे । देशकै सबै भन्दा पुरानो विद्यालयको रुपमा स्थापना भएको जुद्ध मा वि लाई सुधार गर्न प्रयासरत रहेको जनाए । विद्यालयमा करीब ३९ लाख भन्दा बढ़ी रकम अनियमितता भएको छानबिन समितिको प्रतिबेदनबाट देखिन आएकोले छिटै कÞानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको समेत जानकारी गराए ।

Comment


Related News

Latest News

Trending News