अपडेट 
२०७९ भाद्र ११, शनिबार १३:२२

सप्तरीको विभिन्न सिमावर्ती नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाएपछि चोरी तस्करी नियन्त्रणमा आउन थालेको छ । यसै क्रममा पछिल्लोपटक सशस्त्र प्रहरीले लाखौंको अवैध कपडा र गोरु बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बीओपी स्वर्णपट्टीको टोलीले सप्तरीको बोदे बर्साइन नगरपालिका खामगाढाबाट १ लाख २ हजार ६७० रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल ६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा शङ्का लागि जाँच गर्दा अवैध कपडा बरामद भएको उहाँले बताउनुभयो ।

यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका लोनियाबाट सशस्त्र प्रहरीले २० हजार रुपैयाँ मूल्य बराबरको अवैध गोरु तथा बाछाहरु बरामद गरेको छ। बीओपी तिलाठीका सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार भण्डारीको कमान्डमा खटिएको टोलिले लोनियाबाट १० वटा बाछाहरु बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका कपडा तथा बाछा तथा तस्कर समेतलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी बुझाएको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News