अपडेट 
२०७९ भाद्र ११, शनिबार १६:२३

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको बताउनुभएको छ ।

शनिवार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत सम्मान कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्तो बताउनुभएको हो । उहाँले धरानमा भारतसँगको व्यापार धेरै रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालले भारतसँगको व्यापारलाई अझ बढाउनुपर्छ भन्ने भारतको चाहना रहेको पनि बताउनु भयो । उहाँले नेपालको आर्थिक सम्बन्ध प्रगाढ र सुदृढ होस् भन्ने भारत सरकारले चाहेको बताउनु भयो ।

उहाँले धरानमा भारतबाट सामान ल्याउनका लागि मिरगञ्जको पुल नबन्दा समस्या भइरहेको भन्दै पुल वर्षाका कारण केही समय रोकिएको तर चाँडै नै निर्माण हुने प्रतिबद्धता जनाउनु भयो । उहाँले पुल निर्माणका लागि बिहार प्रदेश र केन्द्र सरकारसँग कुराकानी गरिसकेको दाबी गर्नुभयो । उहाँले पुल निर्माण कार्य चाँडै सकिने पनि बताउनु भयो ।

Comment


Related News

Latest News

Trending News