अपडेट 
२०७९ भाद्र १२, आईतवार ०६:४०

राष्ट्रियसभाको बैठक आइतवार बस्दैछ ।

राष्ट्रियसभाको आइतवारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक फेरि प्रतिनिधिसभावाट हुबहु पारित गरी राष्ट्रियसभामा पठाइएको छ । पाँच दलीय गठबन्धनले राष्ट्रियसभाबाट पनि हुबहु पारित गरी राष्ट्रपति समक्ष फेरि प्रमाणीकरणको लागि पठाउने तयारीमा छ । तर, राष्ट्रियसभाबाट नागरिकता विधेयक हुबहु आएमा राजिनामा दिने तर, प्रमाणीकरण नगर्ने अडानमा देखिएकी छन् । उनले यस भन्दा पहिला आफ्ना पूर्व र वर्तमान सुरक्षाकर्मीहरु संग छलफल गरिरहँदा पाँच दलीय गठबन्धनका नेताहरुले राष्ट्रपतिलाई एमालेको नजरवाट नभइ राष्ट्रपतिको दृष्टिवाट नागरिकता विधेयकलाई हेर्न आग्रह गरिसकेका छन् । राष्ट्रपति भण्डारीमाथि पाँच दलीय गठबन्धनका नेताहरुले एमालेको कार्यकर्ता रहेको भन्दै आलोचना समेत गरेका छन् । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

यस्तै सचिव फुयालले नै प्रतिनिधिसभमा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘ बीमा विधेयक, २०७५’, ‘ पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची छ । यस्तै राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘शपथसम्बन्धी विधेयक, २०७८’, ‘तथ्याङ्क विधेयक, २०७६’, ‘स्ट्याण्र्डड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६’ का बारेमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ । बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराइनेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ माथि प्रतिनिधिसभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

Comment


Related News

Latest News

Trending News