२०७९ भाद्र १२, आईतवार ०८:३०

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नागरिकता विधेयक पास नभए एमालेका नेता कार्यकर्तालाई लखेट्न निर्देशन दिएका छन् ।

जनकपुरधामको पिडारी चोकमा पार्टीद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका छन् । हजारौं नेपाली जनता नागरिकता नपाएर आफ्नै देशमा अनागरिक सरह बस्नुपरेको बताउँदै दुबै सदनबाट पारित भएको नागरिकता विधेयक एमालेको प्रभावमा परेर राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्दा नागरिकता विधेयक ओझेलमा परेको बताए । पुनः दोश्रो पटक पनि संघीय संसदबाट पास भइसकेको नागरिकता विधेयक उनले प्रमाणीकरण नगरे एमालेका नेता कार्यकर्तालाई लखेट्ने चेतावनी दिए । सह–महामन्त्री यादवले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुनुमा नेकपा एमाले दोषी रहेको आरोप समेत लगाए । उनले उमेर पुगेपछि नागरिकता माग्नु अपराध हो र ? भनेर प्रश्न गर्दै नागरिकताको समस्या समाधान गर्नु सबै दल एकमत हुनुपर्नेमा जोड दिए । नागरिकता नपाएर हजारौं युवाको भविष्य अन्यौलमा परेको छ यो समस्या समाधान समयमै हुनुपर्नेमा उनले जोड दिए ।

Comment


Related News

Latest News

Trending News