अपडेट 
२०७९ भाद्र १२, आईतवार ०८:३५

जसपा नेपालको जिल्ला समन्वय समिति धनुषाको बैठक शनिवार सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षता तथा केन्द्रीय कार्यकारणी समिति सदस्य गजाधर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्ना आफ्ना उम्मेदवारहरुलाई कसरी जिताउने सम्बन्धमा बैठक केन्द्रित रहेको थियो । बैठकमा वक्ताहरुले पार्टीका नेता कार्यकर्ताहरुमा उर्जा प्रदान गर्नका लगि वडा÷वडा तथा टोल÷टोलमा जागरण अभियान चलाउनुपर्ने सुझाव दिएका थिए । जसपा पाँच दलीय गठबन्धनमा रहेका कारण कुन क्षेत्र जसपाको हुने हो त्यो निर्णय हुन बाँकी रहे पनि आफ्ना क्षेत्रका गठबन्धनका उम्मेदवारलाई जिताउने जसपाका नेता कार्यकर्ताहरु महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्य तथा राजनीति समिति सदस्यहरु उर्मिला साह, महाजन यादव, प्रमिला महतो प्रदेशसभा सदस्य शैलेन्द्र यादव, ज्ञानेन्द्र यादव, रामअशिष यादव, अम्बुप्रसाद साह लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Comment

Related News