अपडेट 
२०७९ भाद्र १२, आईतवार ०८:४१

मधेश प्रदेशमा खो खो संघको तदर्थ समिति गठन गरिएको छ ।

शनिबार विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागितामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । खो खो संघ मधेश प्रदेशको भेलाले गठन गरेको तदर्थ समितिको अध्यक्ष पदमा धनुषाका धीरेन्द्र यादव, उपाध्यक्षमा बाराका जवाहीर अंसारी, सचिवमा पर्साका आकाश पटेल र सह सचिवमा सप्तरीका धमेन्द्र चौधरी सर्वसहमतिले चयन भएका छन् । यस्तै, समतिको कोषाध्यक्ष पदमा धनुषाका दिनेश पुर्वे, सल्लाहकारमा रामनारायण राय र अमरनाथ गुप्ता चयन भएका छन् । समितिले खो खो सम्बन्धी गतिविधि तयार पारी ठोस कार्य गर्ने तयारी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News