अपडेट 
२०७९ भाद्र १२, आईतवार ०८:५१

लोक गीतहरुको प्रसंग केही सिद्धान्तहरु यस प्रकार निर्धारण गरिएको पाइन्छ । १. आदि मानवले सर्वप्रथम प्रकृतिलाई हेरे र प्रकृतिमा प्रजननको शक्ति देखेपछि उसलाई सुख र विनाशका शक्तिहरु देखेर विषाद भयो । दुवै अवस्थामा गरिएको भावको अभिव्यंजना लोक गीतको रुपमा परिणत भयो । २. सन्तोष र उल्लासले लोक गीतको जन्म दियो । आदि मानवले आन्दोत्सवमा नृत्य गर्दा आफना मण्डलीहरुमा केही लयवद्ध शव्दहरुको उच्चारण गरे यसमा अरुले पनि गाएर गीत नाउ दिइयो । ३ परिश्रमको भारलाई हलुको गर्न आदि मानवद्वारा जुन गुनगुनाहट प्रारम्भ भयो त्यसबाट लोक गीतको जन्म भयो । स्व. डा. धीरेन्द्र अनुसार जीवनको जीवित चित्रलोक गीतको दर्पणमा प्रतिविम्वित भै रहन्छ । कृत्रिमताको यसमा कुनै स्थान हुदैन । विशुद्ध जीवनको पूmल लोक जीवनको पूmलवारीमा आफनो सौरभ पैmलाई रहेको हुन्छ । जिन्दगी माटोमा रसे बसेको जिन्दगी नै यता हुन्छ । मैथिली लोकगीत सोहर यसको प्रमाण हो । यसमा तथ्यतः आर्य संस्कृतिको आत्मा मुखर भएर आएको छ र यो मानव जन्मलाई एक अह्रलादकारी घटना बन्दछ । सोहर लोक गीत पुत्र जन्ममा मात्र गाइन्छ र छोरीको जन्ममा यो सोहर गीत गाइने प्रथा छैन । आफनो स्वाभाविकता, सरसता र मनोवैज्ञानिकता दृष्टिमा मैथिलीका यो लोक गीत सोहर आफनो अन्तरालमा महत्वपूर्ण छ । यसको अध्ययनबाट हामीहरु जीवनको एउटा यस्तो मादक प्रभावबाट परिचय पाउँछौं जो आपूmमा अनुपम हुन्छ । यस्तै १८ औ शताव्दीमा रचित मनबोधको मैथिली काव्य कृष्णजन्ममा श्रीकृष्णजन्म सम्बन्धी पद यस प्रकार छ–

भादव कृष्ण अष्टमी जानि
राति महाप्रभु जनमल आनि
चक्रगदा करसरसीज संख
देखि देवकी मन उपजल भंmख
कह बसुदेव देवकी करजोरि
कंस बाघ हम हरिनी खोरी
रुप चतुर्भुज दिअ छाडि
नारद देत गए उकठीलारि
दीनक बन्धु अनाथक नाथ
मानल कहल रहल दुइ हाथ ।

यस सोहर गीतमा गीतकार सजीव चित्र प्रस्तुत गर्नु भएको छ –

उतरु समान चढ दुआरि चहुदिशी कादो रे
ललना रिमिक झिमिक बुन्द हे वरिसत
दादुलि समवाने रे ।
चहुदिशि उठल विहारि, दामिनी दमकए रे
आध पहर राति बीतल
दोसर पहर राति रे
ललना देवकी वेदन व्याकुल
दगरिन चाहिय रे ।

श्रीकष्णको जन्मको बेला देवकीको प्रसव पीडाको अवस्थाको सजिव चित्र छ यस पदहरुमा । अर्को सोहर गीतका पंक्रिहरु छन, यसमा जन्मपछि खुसीयाली पैmलिएको वर्णन छ
गोकुल आज सोहाओन
वाज बधाओन रे
ललना नन्द महर घर
पुत्र परम सोहाओन रे ।

कारागारमा रहेकी देवकी र वसुदेवको अवस्था श्रीकृष्णको जन्मको बखत यस्तो एउटा सोहर गीतमा दशाइएको छ–

उतरल साउन एलै भादव
चहुदिशि कादव रे
ललना देवकी दरदे वेआकुल
दगरिन चाहिय रे
भादव राति अन्हार कि नयनो ने सुझइ रे
ललना रे वसुदेव कहल बुझाइ
कि दगरिन कहाँ पाएब रे
येत नहि दगरिन पाएव
विधिके मनाएव रे
ललना रे जन्म लेत यदुनाथ अनाथक इश्वर रे
जन्म लेल यदुनन्दन खुलिगेल बन्धन रे
ललना रे खुलिगेल बज्र केवाड
पहरुआ सुतल दे ।

अर्को सोहर गीतमा भगवान श्रीकृष्ण देवकीको गर्भमा हुँदा देवकीको मनःस्थितिको वर्णन गरिएको छ । गर्भमा बालक भएको बखत आमाहरु अनेक भाँति भाँतिको सपनाहरु हेर्छिन अर्थात उनको मनमा अनेक सपनाहरु बसी रहेका हुन्छन । त्यसको एउटा दिग्दर्शन यस पदमा छ–

हँसि हँसि देवकी नहाओल
हँसि गृह जाओल रे
ललना रे करु गए वसुदेव सँ सलाह
कि काज सफल हैत रे
पहिल सपना देवकी देखल
पहिल पहर राति रे
ललना रे छोटी मोरी अमुआ के गाछ
फरे फुले लुवधल रे
दोसर सपन देवकी देखल
दोसर पहर राति रे
ललना हरियर बाँसक बीट
फुटिकए पसरल रे
तेसर सपन देवकी देखल
तेसर पहल राति रे
ललना, झिलमिल नदिया बहाय
दही जन्माओल रे ।
चारिम सपन देवकी देखल
चारिम पहर राति रे
ललना रे सुन्दर बालक जन्मलेल
गोदी खेलाओल रे ।

जब भगवान श्री कृष्णको जन्म हुन्छ र भगवानलाई देखेर देवकीको अवस्था कस्तो हुन्छ त्यो अवस्थाको चित्रण यस सोहर गीतमा वर्णन गरिएको छ । हेरौ यो गीत–

उतरहि साओन चढल भादव
चहुँ दिस कारी रे
ललना रे रिमिक झिमिक मेघ वरिसत
बादल हरषित रे
देवकी दरदे वेआकुल
दगरिन चाहिअ रे
ललना रे गोकुल निकट एक नग्र
तहाँ वसु दगरिन रे
जब जन्म भेल यदुनन्दन
बन्हन खुजिगेल रे
ललना रे खुजिगेल वज्रकेवाड
पहरु सब सुतल रे
माथ मुकुट कर कंगन
डाँडहि घुघरु बाजू रे
ललनार सएहदेखि देवकी कानल
देहरी मुृरछाइ खसुरे
जुनि कानजू अहाँ देवकी
जुनि पछताउ रे
ललना रे इहो बालक दुखमोचन
ललित अभिलोचन रे ।

यस प्रकार मैथिली लोकगीत सोहरहरुमा श्रीकृष्णको जन्मको बखत कारागारमा बस्दा देवकी र वसुदेवको विभिन्न मनःस्थितिको वर्णन गरिएको पाइन्छ । भगवान श्रीकृष्णको जन्म भगवान श्रीकृष्ण की आमा कंसको कारागारमा भएको बखत भएको यसको कारण भने यो छ कि देवकीको विहे वसुदेव सँग भएपछि आकाशवाणी भएको थियो । जसमा भनियो कि वसुदेव र देवकीबाट हुने यसको आठौं पुत्र कंसको संहार गर्ने छ । त्यसैको त्रासले कंसले देवकी र वसुदेवलाई कारागारमा बन्दी बनाई राखेको थियो । भगवान श्री कृष्ण जन्म लिदा टाउकोमा मोर मुकुट, चारभुजा सहित जन्म लिनु भएको र यस्तो रुप हेर्दा देवकी अत्यन्त भयभीत भएकी थिइन र पछि पुनः दुई हाथ मात्र भएको सामान्य जन्मेको बालक जस्तो रपमा आउनु भएको कुरा मैथिली लोक गीत सोहरहरुमा वर्णन गरिएको छ । त्यति मात्र होइन भदौको कृष्ण अष्टमीको राती भारी अंधकार र भारी वर्षा भै रहेको अवस्थाको स्थितिको पनि यी लोक गीतहरुमा चर्चा छ ।

Comment

Related News