अपडेट 
२०७९ भाद्र १२, आईतवार ११:२३

युएईमा जारी एसिया कप क्रिकेटमा आज (आइतबार) एक खेल हुदैछ ।

आज हुने खेलममा भारत र पाकिस्तान भिड्ने छन् । प्रतियोगितामा भारत ७ पटकको विजेता टोली हो ।

पाकिस्तानले दुईपटक एसिया कपको उपाधि उचालेको छ। दुबै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुनेछ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तान ९ पटक आमनेसामने भएका छन्। त्यसमा भारतले सात खेल जितेको छ भने पाकिस्तानले २ खेल जितेको छ।

पछिल्लो पटक २०२१ को टी-२० विश्वकपमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। जसमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो।

Comment


Related News

Latest News

Trending News