अपडेट 
२०७९ भाद्र १२, आईतवार १२:०४

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ थियो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । गत साताको शुक्रबार सुनको मूल्य स्थिर कायम भएको थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । गत साताको शुक्रबार तोलामा ११ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा ११ सय ६० रुपैयाँ कायम छ ।

Comment


Related News

Latest News

Trending News