अपडेट 
२०७९ भाद्र १२, आईतवार १५:०४

जनकपुरधामस्थित रेल्वे विभागको कार्यालयमा जग्गाको मुआवजाको माग गर्दै पीडितहरु धर्नामा बसेका छन् ।

रेल्वेको लिक तथा भवन निर्माण अन्तर्गत परेको जग्गाको मुआवजाको माग गर्दै महोत्तरीका पीडितहरु जनकपुरधामस्थित विभागको  कार्यालयमा धर्नामा बसेका छन् ।

पीडितहरुले जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित वर्गाीकरण अनुसारको दररेट कायम गर्नुपर्ने माग गर्दै धर्नामा बसेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयले कायम गरेको वर्गीकरणको आधारमा मुआब्जा नदिई रेल्वेका कर्मचारीले मनमानी गरेर कम मुआब्जा दिन चाहिरहेको आरोप लगाए ।

पीडितहरुले आफ्नो मागको बारेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकसँग आफ्नो कुरा राख्दा महाप्रबन्धक निरञ्जन झाले जग्गा मुआब्जाको जिम्मा कम्नीमा नभई विभाग अन्तर्गत रहेकाले यसमा आफुले केही गर्न नसक्ने जवाफ दिए । महाप्रबन्धक झाले पीडितहरुले राखेको धारणालाई विभागमा पु¥याइदिने तर यसमा आफु केही गर्न नसक्ने पीडितहरुलाई बताए ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्ममा तीन चरणमा काम हुँदैछ । पहिलो चरण अन्तर्गत जयनगरदेखि जनकपुरधामको कुर्थासम्म निर्माण पुरा भई रेल्वे सेवा सञ्चालनमा आइसकेको छ । दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा र तेस्रो चरणमा बर्दिबाससम्म निर्माण गर्ने योजना रहेको छ ।

Comment


Related News

Latest News

Trending News