अपडेट 
२०७९ भाद्र १३, सोमबार ०७:११

उत्तरी छिमेकी चीनलाई नेपालको भरपर्दो मित्रराष्ट्रको रुपमा परिभाषित गर्नेहरुको फेहरिस्त नेपालमा सानो छैन । पञ्चायतको तीस वर्षमा यही भाष्य स्थापित गर्ने काम भइरह्यो । नेपालका वामपन्थीहरुको नजरमा त चीन दोषरहित मुलुक नै हो । अध्यात्ममा विश्वास राख्नेहरु देवताबाट गलती हुन सक्दैन भन्ने मान्यता राखेझैं वामपन्थीहरु चीनलाई दोषरहित मित्रराष्ट्रको संज्ञा दिने गर्दछन् । जबकि यथार्थमा चीन पनि गुण र दोषयुक्त छिमेकी नै हो । विगत साढो सात वर्षदेखि उत्तरी छिमेकी चीनको नेपालप्रति हेपाहा प्रवृत्ति र उपेक्षापूर्ण व्यवहारका कारण नेपालको निर्यात व्यापार ठप्प मात्रै परेको छैन अपितु चीनबाट आयात गरेर नेपालमा व्यापार खोज्ने व्यापारीहरु पनि करोडौंको घाटा सहन बाध्य भएका छन् । बाध्य भएर कतिपयले त उत्तरी नाकाबाट व्यापार नै गर्छ छाडिसकेका छन् । शुरुका केही वर्षमा २०७२ देखि २०७६ सम्म भूकम्पको नाममा र झन्डै तीन वर्षदेखि कोरोनाको नाममा चीनले उत्तरी नाका बन्द गर्ने गरेका कारण नेपालले अर्बौ रुपैया“को घाटा सहनु परिरहेको छ । चीनस“गको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ । आव २०७५÷०७६ मा दुई खर्ब पा“च अर्ब ५१ करोड रुपैया“को आयात भएको देखिन्छ । यस वर्ष नेपालको चीनमा निर्यात भने दुई अर्ब १० करोड रुपैया“को मात्रै भएको देखिन्छ । चीनस“गको अन्तर्राष्ट्रिय व्यापारी नाका रसुवागढीमा आर्थिक वर्ष २०७६÷०७७ को पहिलो तीन महीनामा १४ अर्बभन्दा बढीको सामान आयात गरेको छ तर २०७५÷०७६ को तीन महीनामा १० अर्बभन्दा बढीको सामान आयात भएको थियो । आव २०७६÷०७७ को पहिलो तीन महीनामा नेपालबाट चीनतर्पm जडीबूटी र हस्तकलाका सामान निर्यात हुने गरेको छ । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवाढी नाकामा तातोपानी नाका बन्द भएको अवस्थामा रसुवागढी नाकामा व्यापारी, व्यवसायी र सवारीका चाप बढ्दै गएको थियो । आव २०७७÷७८ मा रु १ खर्ब ८१ अर्बको चिनिया“ सामान आयात भएको छ ।

आव २०७५÷७६ मा नेपालको चीनमा निर्यात भने २ अर्ब १० करोड रुपैया“ मात्र भएको देखिन्छ । आव २०७७÷७८ मा रु १ अर्ब १९ करोडको नेपाली सामान निर्यात भएको देखिन्छ । चीनस“गको अन्तर्र ाष्ट्रिय व्यापारिक नाका रसुवागढी र तातोपानी नाकाहरुबाट आव २०७७÷७८ को अघिल्ला दुई महीनामा कोरोना भाइरसका कारण र चीनबाट बाटो बन्द गरिएका कारण सामान आयात र निर्यात भएको देखिंदैन । २०७७ को दशैं व्यापारका लागि कोलकाता बन्दरगाहबाट सामान मगाउने कुरा भइरहेको थियो । आव २०७७÷७८ मा चीनस“ग वैदेशिक व्यापार नै भएको देखिंदैन । नेपालको लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन पर्दै आएको छ । विगतमा चिनिया“ भाषामा मात्रै लेखिएका सामग्रीका नेपाली आयातमा नेपाली पक्षले जा“चपास गर्न छाडेपछि चिनिया“ पक्षले त्यसको बदलामा नेपाली वस्तुका प्रवेशमा अवरोध गरिएको थियो । विगतमा चिनिया“ सामान नेपाल आउ“दा चिनिया“ भाषामा लेखिएको हुन्थ्यो अनि नेपाली पक्षले भन्सार तथा क्वारेन्टाइनमा भाषा नबुझेपछि उत्पादन मिति, उपभोग गर्नुपर्ने अन्तिम मितिजस्ता विवरण अङ्ग्रेजीमा लेखेर ल्याउनु भनेस“गै त्यसको प्रतिक्रियामा नेपाली खाद्य वस्तुका लेबल पनि चिनिया“ भाषामा ल्याउन भनेपछि चीन सरकारले रोक लगाएको थियो । यसरी विभिन्न बहानामा चीनले नेपाली खाद्य वस्तुको निर्यातमा रोक लगाउ“दै आएको छ । नेपालबाट चीनतर्पm जाने खाद्य सामग्रीमा चिनिया“ भाषामा लेबल राख्नुपर्ने केही महीना लैजान रोक ागेको थियो । त्यसपश्चात नेपाली सामान चीनतर्पm जान सकेको छैन । नेपाली खाद्य वस्तु निर्यातमा अवरोध आएपछि नेपाली खाद्य सामग्री सहजै चीन निर्यात गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरुले भन्सारस“ग माग गर्दै आएका छन् । तर चीनले टेरपुच्छर लगाएको छैन । चीनले करीब ८ हजार ३ सय वस्तुलाई शुन्य भन्सारमा नेपाली उत्पादनलाई चिनिया“ बजारमा प्रवेशका लागि खुला गरेको दावी गरिन्छ । तर शुन्य भन्सार सुविधा उपभोग गरी चीन निर्यात गर्ने उत्पादन नै नेपालसित छैन । त्यस्तो उत्पादन भएका निर्यातकर्ताको निर्यात नगण्य रहिआएको छ । एक किसिमले चिनिया“ शर्त भनेको राधाको नौ मन तेल जस्तै हो । नेपलको चाहना अनुसार आप्mना वस्तुहरुका सूची नेपालले चीनस“ग हेरफेरको एजेन्डामा राख्नुपर्ने बताइन्छ तर दुवै देशका उच्च स्तरका नेताहरु एक आपसमा भेट हु“दा यस्ता बन्दैनन् । यसको अर्थ नेपाली पक्षले यस विषयमा वार्ता गर्न चाहे पनि चीनले महŒव दिन नचाहेको हुन सक्दछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सात वर्षअघि चीन भ्रमणमा गएका बेला चीनसित थुप्रै सम्झौताहरु गरेका थिए । त्यसलाइृ भूतो न भविष्यति बताइएको थियो तर धरातलका उपलब्धि शुन्य छ ।

नेपालले चीनतर्पmको चार सामुद्रिक र तीन सुक्खा बन्दरगाहको उपयोग गर्न पाउने सम्झौता भएको सात वर्ष भयसक्दा पनि यसबारे कुनै प्रगति भएको छैन । जबकि तत्कालीन नेकपा एमालेको सरकारले यसलाई ऐतिहासिक उपलब्धिको रुपमा व्याख्या गरेको थियो । प्रचारबाजी गर्नमा वामपन्थीहरुलाई महारथ हासिल भएको हुन्छ । चारवटा सामुद्रिक बन्दरगाह र तीनवटा सुक्खा बन्दरगाहबाट व्यापार र सुविधा हासिल गर्ने कुरा त कहा“ हो, कहा“ उपभोगमा रहेका तातोपानी र केरुङ नाका पनि बन्द परेको छ । तातोपानी र केरुङमा २०–२२ दिनमा आइपुग्ने सामान अहिले कोलकाताको बाटो ४० दिनमा पुगिरहेको छ । २०७२ सालमा आएको भूकम्पको कारण अरनिको राजमार्गसहित तातोपानी नाका पनि क्षतिग्रस्त हुन गएको थियो । अरनिको राजमार्ग चीनसितको व्यापारमा महŒवपूर्ण नाका हो । चीनजस्तो विश्वको उदाउ“दो शक्ति राष्ट्रको निम्ति अरनिको राजमार्गको मरम्मत सम्भार तथा तातोपानी नाकाको पुनर्निर्माण असम्भव थिएन तर चीनले यसमा कुनै चासो नै लिएन बरु तातोपानी क्षेत्रभन्दा केही किलोमिटर अझ भित्र नै आप्mनो अनुकूलताको हिसाबले नया“ कार्यालय सञ्चालनमा ल्याएको बुझिन्छ । भूकम्पको बहानामा करीब ५ वर्षसम्म सीमानाका बन्द गरेको चीनले कोभिड–१९ को समयमा शुरुमै आप्mनो नाकालाई आयात–निर्यातको निम्ति बन्द गरेको थियो । बीचमा फाटपूmट रुपमा नाका खोल्ने गरेको भए पनि आपूmलाई मन नपरे नाका बन्द पनि गर्दै आएको छ । हाल पनि चीनमा कोभिडको प्रकोप बढेको अथवा बढ्न सक्ने आशड्ढामा तातोपानी नाकाबाट आयात पनि रोकेको छ। रसुवा नाका पनि बन्द नै गरिएको छ । आयात रोकिनु अघिसम्म नाकाबाट प्रतिदिन १४ चिनिया“ कन्टेनर सामान आयात भइरहेको थियो । नाका बन्द भएपछि व्यापारिक सामान तिब्बतमै रोकिएका छन् । ५० कन्टेनर सामान नेपाल ल्याउन लोड भएर राखिएको थियो । ती कन्टेनरमा तीज र दशैंका लागि सामान लोड थिए तर रोक लगाइएको छ ।

गत वर्ष पनि नेपाली व्यापारीहरु यसरी नै मर्कामा परेका थिए । दशैं, तिहार र जाडोको मौसमका लागि चीनबाट ल्याउन खोजिएका कपडा सयकडौं ट्रकलाई चिनिया नाकामा महीनौसम्म रोकेर राखिएको थियो । यसले गर्दा नेपाली उपभोक्ताहरु मह“गोमा लुगा कपडा किन्न बाध्य भएका थिए । भूकम्पपछि चिनिया“हरकै इच्छा र चाहना अनुसार तातोपानी नाका धेरैपटक खुल्दै र बन्द हु“दै आएको छ । पटक–पटक नाका बन्द हुने गरेका कारण डेढ हजार जति मालवाहक कन्टेनर, २८ सय चालक र ५ हजार मजदूर परिवार बेरोजगार भएका छन् । भर्खरै सम्पन्न नेपालका परराष्ट्रमन्त्रीको चीन भ्रमणले सीमानाका सुचारु हुने सम्भावना जगाएको छ तर व्यवहारमा त अहिले पनि पुरानै अवस्था अर्थात् बन्दके अवस्था छ ।

Comment


Related News

Latest News

Trending News