अपडेट 
२०७९ भाद्र १३, सोमबार ०७:२६

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वडा न–६ नाढीमन बजार स्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा झण्डै १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नाढीमन बजारमा स्थानीय मोहन साहले सञ्चालन गरेको मोहन मोटरसाइकल वर्कसपमा आगलागी हुँदा त्यहाँ बनाउन राखिएका ३ थान विभिन्न मोडेलका मोटरसाइकल, हावा मेसिन, मोटरसाइकल धुने वासिङ्ग मेसिन र पसलमा राखिएको लगभग ३ लाख मुल्य बराबरको विभिन्न सामानहरु जलेर पूर्णरुपमा नष्ट भएको प्रहरी जानकारी दिएको छ । केही अज्ञात व्यक्तिहरुको समूहले उक्त ग्यारेजमा पेट्रोल छर्केर आगो लगाएको हुनसक्ने स्थानीयहरुले आशंका गरेका छन् । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

Comment


Related News