२०७९ भाद्र १३, सोमबार १०:५९

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकमाथि आजदेखि छलफल थाल्ने भएको छ।

विधेयकमाथि छलफल गर्नका लागि विधायन समितिको बैठक आज दिउँसो १२ बजे बोलाइएको छ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई छलफलका लागि बोलाइएको छ ।

आइतबार बसेको राष्ट्रियसभा बैठकले सर्वसम्मतिले पारित गर्दै राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा छलफलका लागि पठाएको थियो।

समितिमा द्रुत रुपमा छलफल गरेर आगामी १६ गते बस्ने राष्ट्रियसभाको बैठकमा प्रतिवेदन पेश गर्ने समितिको तयारी रहेको समितिका सदस्य नारायणदत्त मिश्रले जनाकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News