अपडेट 
२०७९ भाद्र १३, सोमबार ११:४८

भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेको नेपाल भ्रमणको मिति नजिकिँदै गएका बेला भारतीय हवाई सेनाका उपप्रमुख तेजवीर सिंह काठमाडौं आएका छन् । ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै ५ दिनका लागि सिंह नेपाल आएका हुन् ।

भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्स– ६२ मा सहभागी ३१ जना भारतीय सेनासहितको टोली नेपाल आएको नेपाली सेनाले जनाएको छ । सिंहको भ्रमणलाई द्विपक्षीय सैन्य सम्बन्धको नियमित पाटो बताएको नेपाली सेनाले आगामी आइतबार (१९ भदौमा) भारतीय स्थल सेनाध्यक्ष पाण्डेको भ्रमणलाई पनि सोही रूपमा व्याख्या गरेको छ।

वायु सेना उपप्रमुख सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अर्थमन्त्री जनार्दन शर्मासँग छुटाछुट्टै भेटवार्ता गर्नेछन् । आज (सोमबार) सैनिक मुख्यालय भ्रमण गर्ने सिंहले प्रधानसेनापति प्रभुराम शर्मालगायतका सैन्य अधिकारीसँग भेटवार्ता गर्दै छन्।

सिंह नेतृत्वको टोलीले मङ्गलबार पोखरास्थित सेनाको मध्यकमाण्ड हेडक्वार्टर र पोखराका पर्यटकीय क्षेत्रको भ्रमण गर्नेछ। टोलीले पशुपतिनाथ, वसन्तपुर दरबार क्षेत्रको अवलोकन पनि गर्ने बताइएको छ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News