अपडेट 
२०७९ भाद्र १३, सोमबार १३:३७

भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा कारोबारीले फालेको २ सय ४ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

रौतहटको गौर नगरपालिका–२ स्थित बकैया खोला किनारमा सुरक्षाकर्मीलाई देखेपछि गाँजा कारोबारी भागेका हुन । अस्थायी प्रहरी पोष्ट महादेवपट्टि र सशस्त्र प्रहरीको बेस क्याम्प गौरबाट खटिएको टोलीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले बताए ।

सोमबार बिहान गस्तीमा गएको प्रहरीलाई देख्नासाथ गाँजा कारोबारीहरु १७ वटा प्लाष्टिकको पोकामा लाँदै गरेको गाँजा फालेर भागेका थिए । आरोपीहरुको खोजी भइरहेको डिएसपी मल्लले जानकारी दिए ।

Comment


Related News