अपडेट 
२०७९ भाद्र १३, सोमबार १५:१२

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएपछि उहाँ शितल निवास पुग्नुभएकाे छ।

राष्ट्रपतिले बोलाएपछि सोमबार दिउँसो प्रधानमन्त्री देउवा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र केही पार्टी पदाधिकारीसहित राष्ट्रपनि भवन शीतल निवास पुग्नुभएकाे हाे ।

कांग्रेस उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा पनि शीतल निवास पुग्नुभएकाे प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएकाे छ ।

‘राष्ट्रपतिले छलफलका लागि भन्दै बोलाएपछि उहाँहरू जानु भएको हो, स्वकीय सचिव देउवाले भन्नुभयाे, ‘छलफलको विषय खुलाइएको छैन ।’

Comment

Related News

Latest News

Trending News