अपडेट 
२०७९ भाद्र १३, सोमबार १५:२८

नेकपा (एमाले) का सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गर्नुभएको छ ।

उहाले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी समेत गर्नुभयो । रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरुको संज्ञा दिनुभयो । उहाले अहिलेको सत्ता गठबन्धन देश र जनताअनुकुल नभएको तथा लोभी पापीहरु र राष्ट्रघातीहरुको गठबन्धन आरोप लगाउनुभयो । महासेठले वर्तमान गठबन्धनको सरकारले देशको सारा जलस्रोत चुनावभन्दा अघि नै यसरी नै सिध्याउने त होईन ? भन्दै प्रश्न गर्नुभयो ।

उहाले गठबन्धनका नेताहरु प्रचण्ड र माधव नेपालहरुले कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोजेको पनि बताउनुभयो ।

Please subscribe our official youtube channel below and support us.

Comment

Related News

Latest News

Trending News