२०७९ भाद्र १३, सोमबार १९:५६

आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन् ।

प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं १ मा विभिन्न ६३ दलबाट ५५, मधेस प्रदेशमा ६७  दलबाट ५९, बाग्मती प्रदेशमा ६६ दलबाट ५८ वटा निवेदन परेको छ । गण्डकी प्रदेशमा ६० दलबाट ५२, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ र सुदूरपश्चिम प्रदेशमा ५८ दलबाट ५० वटा निवेदन परेको आयोगले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News