अपडेट 
२०७९ भाद्र १४, मंगलवार ०७:३६

रेलको ‘ वासिङ’ गराउन वार्षिक रु पाँच करोडभन्दा बढी रकम खर्च हुँदै आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आफ्नो वासिङ सेन्टर नहँुदा भारतमा रेलको वासिङ गराउँदा सो रकम खर्च हुँदै आएको हो । जयनगर–कुर्था रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर नहँुदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन कुमार झाले बताए । सोका कारण वासिङमा बर्सेनि रु पाँच करोड कम्पनीले खर्चिदै आएको छ । भारतमा फ्युल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ, यसबाट हामी बर्सेनि ठूलो रकम खर्चिने गरिएको छ ।

नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर स्थापना गर्न सकिए वार्षिक करिब रु सात करोडभन्दा बढी रकम बचत हुन सक्छ, यसका लागि बजेट चाहिन्छ, हामीले सरकारसँग बजेट माग्दै आएका छाँै तर अहिलेसम्म बजेट पाउन सकेका छैनौँ, बजेटका लागि आश्वसनबाहेक अहिलेसम्म बजेट पाउन नसकेको महाप्रवन्धक झाको कथन छ । नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ । नेपाल रेल्वे कम्पनीमा २६ जना भारतीय कर्मचारी कार्यरत छन । भारतीय कर्मचारीको तलब, रेलको मेन्टीनेन्स, सामान खरिदलगायतमा वार्षिक रु ४८ करोड भारतीय रेल्वे कम्पनीलाई तिर्नुपर्ने अवस्था छ ।

महाप्रवन्धक झा भन्छन,‘हामीसँग आफ्नो नेपाली चालक छैन, त्यसैलै भारतीय चालकले नै रेल चलाउँदै आएको छ त्यसबापत उनीहरुलाई तलबबापत मात्रै मासिक रु १८ लाख तिर्नुपर्ने स्थिति रहेको छ । तत्काल नेपाली दक्ष कर्मचारी उत्पादन गर्न सम्भव देखिँदैन’, उनले भने, नेपाली जनशक्ति तयार गर्न भारत वा अन्य देशका इन्स्टिच्युटबाट तालिम दिलाउनुपर्छ, त्यसका लागि ठूलो रकम चाहिन्छ ।’ कम्पनीका अनुसार जयनगरबाट कुर्था र कुर्थाबाट जयनगर दिनमा दुई पटक आउने जाने गर्दै आएको रेलबाट दैनिक रु. दुई लाख पाँच हजार आम्दानी र वार्षिक रु आठ करोड आम्दानी हुँदा खर्च भने रु ५० करोड जति हुँदै आएको छ । अहिले नेपाल सरकारले भारतीय रेल्वे कम्पनी कर्पाेरेशन (कोङकण) लाई वार्षिक रु ४८ करोड तिर्नुपर्ने सम्झौता छ । रेल सञ्चालन भएदेखि रेल घाटा नगए पनि सम्झौता अनुसार भारतीय रेल्वे कम्पनीलाई रु ४८ करोड तिर्नुपर्ने भएकाले समस्यामा परेको महाप्रबन्धक झाले बताए ।

Comment


Related News

Latest News

Trending News