जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तर्फबाट रौतहट क्षेत्र नं १ को संघीय सांसद तथा प्रदेश सांसद पदको उम्मेदवार सिफारिस गरेका छन् ।
जिल्ला समन्वय समितिद्धारा जेठरहिया स्थित जगदम्बा आधारभूत विद्यालयमा सोमवार आयोजित क्षेत्र नं १ स्तरीय क्षेत्रीय बैठकबाट क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदका लागि देवेन्द्र झाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै १ को ‘क’ बाट प्रदेश सांसद पदका लागि तीन जना जसपाका केन्द्रीय सदस्य रेवन्त झा, दिनेश कुमार यादव र अविनाश कुमार सिंहको नाम सिफारिस गर्ने निर्णय गरिएको छ भने ‘ख’ बाट प्रदेश सांसदको लागि मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, पार्टीका केन्द्रीय सदस्य चुल्हाई राय यादव सहितका व्यक्तिको नाम सिफारिस गर्ने निर्णय गरिएको पार्टीका रौतहट जिल्ला सह इन्चार्ज राजकुमार दासले जानकारी दिए । त्यस्त,ै प्रतिनिधिसभा र प्रदेशसभा तर्फ समानुपातिकबाट पनि विभिन्न व्यक्तिको नाम छनौट गरिएको छ । बैठकमा क्षेत्र नं १ का लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय समिति र क्षेत्रीय समन्वय समिति पनि गठन गरिएको सह इन्चार्ज दासले बताए ।
यसैबीच आइतवार क्षेत्र नं ४ को बसेको क्षेत्रस्तरीय बैठकले क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा लड्न चाहने व्यक्तिको छनौट गरिएको थियो । रौतहटमा रहेको चारवटा संसदीय निर्वाचन क्षेत्रमध्ये १ र ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदमा लड्न चाहने इच्छुक व्यक्तिको नाम छनौट गर्ने निर्णय गरिएको छ भने क्षेत्र नं २ र ३ को संघीय तथा प्रदेश सांसद पदको उम्मेदवार छनौट गर्न बाँकी रहेको दासले बताए ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw