अपडेट 
२०७९ भाद्र १४, मंगलवार ०७:४९

टिकटकले समाजमा अश्लिलता फैलाएको भन्दै युवाहरु सामाजिक संजाल टिकटकको विरुद्ध आन्दोलनमा उत्रेका छन् ।

सोमवार दिउँसो १ वजे स्थानीय जनक चोकबाट युवाहरु ‘टिकटक बन्द गर’, नेपाललाई बचाउ’ सहितका नारा लगाउदै जनक चोक, शिव चोक, भानु चोक लगायतका चोकमा विरोध प्रदर्शन गरेका थिए । करिव दुई दर्जनको संख्यामा रहेका युवाहरुले ब्यानर सहित हातमा टिकटक बन्द गर नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए । पछिल्लो दिन यता मधेश प्रदेशका विभिन्न जिल्लाबाट टिकटक बन्द हुनुपर्ने युवाहरुले माग गर्दै आएका छन् । टिकटकका कारण समाजमा अश्लिलता फैलाएको तथा धर्म, संस्कृतिलाई धरापमा पारेको भन्दै केही युवाको समूहले टिकटक विरुद्ध लागेका छन् । युवाहरुले टिकटक बन्द संघर्ष समिति नै गठन गरेर टिकटक बन्द अभियान संचालन गरेका छन् । आइतबार सोही अभियानमा लागेका केही युवाहरुले जिल्ला प्रहरी कार्यालय महोत्तरी र जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारलाई समेत ज्ञापनपत्र बुझाएका छन्। टिकटक अभियानमा लागेका सुमन चौधरीले टिकटकका कारण समाजमा विभिन्न विवादहरु हुने गरेको तथा हाम्रो सामाजिक संस्कार समेत प्रभावित हुदै आएकोले त्यसलाई बन्द गराउनुपर्ने बताए । उनले आफूहरुले मधेश प्रदेशका सबै जिल्लाहरुमा यो अभियानलाई तीव्र बनाउन युवाहरु सक्रियतापूर्वक लागेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News