२०७९ भाद्र १४, मंगलवार ०८:००

ब्याहुत सेवा समिति (कलवार कुट्टी)को निर्वाचन मिति तय भएको छ ।

समितिको नयाँ नेतृत्व चयनको लागि भदौ २५ गते निर्वाचन हुन लागेको प्रमुख निर्वाचन अधिकृत जितेन्द्र प्रसाद साहले जनाए । नयाँ नेतृत्वको लागि आकांक्षीहरु तीब्र रुपमा तयारी गरिरहेका छन् । नेतृत्वको लागि यस पटक सशक्त प्रतिस्पर्धा हुने सम्भावना छ । आकांक्षीहरु समितिका सदस्यसमक्ष आफ्ना आफ्ना योजनाहरु सुनाई प्रचार प्रसार गरिरहेका छन् । समितिमा आकांक्षी बढी देखिएको हुनाले निर्वाचनबाट पदाधिकारी चयन हुन लागेको छ । १९९५ सालमा स्थापीत यस समितिले समाज सेवाको क्षेत्रमा क्रियाशील रहेको छ ।

Comment


Related News

Latest News

Trending News