अपडेट 
२०७९ भाद्र १४, मंगलवार ११:३९

रौतहटको मलाही टोलमा चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ ।

गरुडा नगरपालिका–३ मलाही टोलमा खेतमा काम गर्ने क्रममा आज बिहान चट्याङ लागेर तीन जनाको ज्यान गएको नगरपालिकाका उपमेयर पुनमकुमारी चौधरीले जानकारी दिनुभयो ।

चट्याङ लागेर मलाही गाउँका सुदनीया देवी, जगिया कुमारी र मनिषा कुमारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका अरु घाइते भएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

Please subscribe our official youtube channel below and support us.

Comment

Related News

Latest News

Trending News