अपडेट 
२०७९ भाद्र १४, मंगलवार ११:४४

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । सोमबार सुनको मूल्य ६०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ छ । यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ रहेको छ ।

Comment


Related News

Latest News

Trending News