२०७९ भाद्र १५, बुधबार १०:४९

भाद्र शुक्ल चतुर्थीका दिन आज गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइँदैछ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा गरि गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।



हरितालिका तीजको व्रत पारायण गरि गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा देवमणि भट्टराईले जानकारी दिनुभयो । यस अवसरमा केहीले गणेश चतुर्थीको व्रत समेत गर्छन् । मङ्गल चतुर्थीसमेत भनिने यो पर्वलाई नेवार समुदायले भने चथा पर्वका रूपमा मनाउँछ । तिथिको घटबढका कारण चथा पर्व हिजो नै मानिएको छ ।

Comment


Related News

Latest News

Trending News