अपडेट 
२०७९ भाद्र १६, बिहीबार ०७:०५

गत निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नं. ४ को ख वाट प्रदेश सभावाट निर्वाचित सांसद अभिषेक यादवको नाम आगामी मंसिर ४ गते हुने निर्वाचनकोलागि सिफारिस गरिएको छैन् ।

पार्टीका नेतृ रेणु यादवका पुत्र अभिषेक गत निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका थिए । रेणु यादवले पार्टी भित्र गरेको विद्रोहले उनी अहिले पार्टीमा निष्क्रिय छिन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीवाट फिर्ता बोलाउँदा रेणु यादव पार्टी अध्यक्ष उपेन्द्र यादव विरुद्ध उत्रेकी थिइन् । उनले पार्टी अध्यक्ष उपेन्द्र यादव विरुद्ध लागेपछि अहिले उनका छोरा अभिषेकको आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकालागि सिफारिस गरिएको छैन् । प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको नाम सिरहा क्षेत्र नम्बर १ र २ बाट पनि सिफारिस गरिएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले अध्यक्ष यादवको नाम सिफारिस गरेको हो । यसअघि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न उनको नाम बारा क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । सिरहा र बारा दुवै ठाउँबाट नाम सिफारिस भए पनि उनी कहाँबाट चुनाव लड्नेबारे प्रष्ट पारेका छैनन् ।

सिरहा क्षेत्र नम्बर २ बाट अध्यक्ष यादवका साथै मधेश प्रदेशका कृषिमन्त्री विजयकुमार यादव र पूर्वराज्यमन्त्री शत्रुध्नप्रसाद सिंहको नामसमेत सिफारिस गरेको छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सिरहा २ बाट नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास निर्वाचित भएका थिए । कांग्रेस परित्याग गरेका दासलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको थियो । त्यतिबेला माओवादी केन्द्र र एमालेले तालमेल गरेको थियो। दास २० हजार १४८ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका उनका निकटतम प्रतिद्वन्द्वी शत्रुध्नप्रसाद सिंह १७ हजार २६० मत ल्याएर पराजित भए । अघिल्लोपटक जितेकोले सिरहा २ आफूले पाउनुपर्ने माओवादीको दाबी छ । गठबन्धन हुने भएपछि अघिल्लोपटकभन्दा घटक दलको अवस्था थप मजबूत देखिन्छ। यद्यपि जसपाले यो क्षेत्र पाए अध्यक्ष यादव त्यही क्षेत्रबाट चुनाव लड्नसक्ने सम्भावना रहेको बताइएको छ । उनले चुनाव नलडेको अवस्थामा जसपा कार्यकारिणी सदस्यसमेत रहेका प्रदेसका कृषिमन्त्री विजय यादव चुनाव लड्नसक्ने चर्चा छ ।

अघिल्लोपटक पार्टीको निर्देशनमा प्रदेससभा सदस्यमा चुनाव लडेका उनी प्रतिनिधिसभामा उक्लिन चाहेका छन्।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News