अपडेट 
२०७९ भाद्र १६, बिहीबार ०७:०८

धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा धनुषा तत्कालीन सीडीओ गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाउपर आरोपपत्र दायर गरेको छ । धनुषाको भरतपुर गाविस अन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको ज्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार गरेको उनीहरुविरुद्ध उजुरी परेको थियो । उजुरी छानबिन गर्दा सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनु पर्ने रकम किर्ते मोही खडा गरी मुआब्जा दिई उनीहरुले बदनियतसाथ १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

पूर्वसीडीओ गौतममाथि १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार ऐनबमोजिम कैद सजाय र असुलउपर गर्न माग दाबी गरिएको छ । त्यस्त,ै गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्य र तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालमाथि पनि १ करोड १४ लाख, ६६ हजार ६ सय ६७ कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना गरी ऐनको दफा ३ (१)(झा) बमोजिम कैद सजाय हुन र उक्त बिगो सोही ऐनको दफा १७ बमोजिम उनीहरुवाट असुल उपर हुन सक्ने माग दाबी गरिएको छ । त्यस्तै, मुआव्जा रकम बुझ्ने गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन जयसवालले वास्तविकतालाई लुकाई छिपाई प्रचलित कानून प्रकृया विपरीत सिर्जित भएका मोहीयानी हकका प्रमाणपत्रका आधारमा मुआव्जा दाबी गरी गैर कानूनी रुपमा भुक्तानी लिएको कारण उनीहरुवाट ८९ लाख ८३ हजार ३ सय ३४ रुपैयाँ बिगो सहित सजाय मागदाबी गरिएको छ ।

गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन प्रमुख पाण्डे, सहायक प्रशासक आचार्य र भुसाल तथा उनीहरु संगा मिलेमतो गरी मुआव्जा भुक्तानी लिने जयसवालबीच विचौलियाको भूमिका निर्वाह गरेका सुमनकान्त ठाकुरमाथि ८९ लख ८३ हजार ३ सय ३४ रुपैयाँ बिगो सहित कैद सजायको मागदाबी गरिएको छ । सोही मुद्दामा मतियारका भूमिका निर्वाह गरेका उपेन्द्रलाल कर्ण कायस्थ र मनोजलाल कर्णले बनावटी मोहीयानी हकका प्रमाणपत्र पेश गरी÷गराई सोको आधारमा सूर्यनारायण लालकर्णलई मुआव्जा दाबी गर्न लगाई सो रकम बाँडफाँट गरेको आरोपमा तीनै जनामाथि समान २४ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ बिगो सहित सजाय माग गरिएको छ । त्यस्तै सूर्यनारायण लालकर्णका भाई उपेन्द्रलाल कर्ण कायस्थ, श्रीमती विन्दादेवी कर्ण र छोरा मनोजलाल कर्णवाट २४ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ बिगो असुल उपर गर्ने मागदावी गरिएको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा जयसवालले गैर कानूनी रुपमा भुक्तानी लिएको मुआव्जा रकम गुठी संस्थानको नाममा फिर्ता गरी पाउँ भनी उच्च अदालत जनकपुरमा दायर भएको मुद्दामा जिल्ला अदालत धनुषाका तत्कालीन तामेल्दार डि.हविव साह, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी गर्ने प्रमोदकुमार कर्णले अदालतको कागजात हेरफेर गरेको आरोपमा कैद र जरिवाना मागदाबी गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

Comment


Related News