अपडेट 
२०७९ भाद्र १६, बिहीबार ०७:११

राजविराज । सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन् ।

समाजमा अश्लिलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा बुधबार टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरेका थिए । विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द संघर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार ज्ञापनपत्र बुझाएको संघर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिए । प्रदर्शनमा उत्रेका युवाहरूले ‘टिकटक बन्द गर’, ‘टिकटकमा अश्लिलता भिडियो बनाउनेलाई कारबाही गर’, ‘टिकटक भगाऊँ आफ्नो संस्कृति बचाऊ’, ‘ टिकटक बन्द संघर्ष समिति जिन्दावाद’लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए । समाजमा अश्लिलताको सीमा नाघ्दै सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको युवाहरूको आरोप छ । नेपालमा टिकटकमा सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढ्न थालेपछि टिकटक बन्द संघर्ष समितिले ज्ञापनपत्र बुझाएका थिए ।

टिकटक प्लेटफर्ममा अश्लिलताबाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै यसलाई निषेध गर्न अपिल गरिएको छ । छिमेकी मुलुक भारतमा समेत टिकटकले गर्दा शैक्षिकस्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटक बन्द गरेका थिए ।

Comment


Related News

Latest News

Trending News