
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि आवश्यक सम्पूर्ण कामहरु सरकारले योजना बनाएर गर्न शुरु गरिसकेको बताएकी छन् । महोत्तरीको बर्दीवास नगरपालिका वडा नं. १२ बाट गरिब परिवार परिचयपत्र वितरण कार्यको बुधबार शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले पहिचान कार्य सम्पन्न भएका २ लाख २३ हजार ३ सय ३० घरपरिवारलाई परिचयपत्र वितरण गर्ने कार्यको शुरुवात गरेको बताइन् । २३ जिल्लाका २ सय १४ स्थानीय तहहरुबाट ११ लाख ८ हजार ८ सय ३६ घर परिवारको तथ्यांक संकलन भइ २ लाख २३ हजार ३ सय ३० गरिब घरपरिवार पहिचान गर्ने कार्य सम्पन्न भई परिचयपत्र वितरणको कार्य शुभारम्भ गरिएको हो । मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवनयापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर काम गरिरहेको पनि बताइन् ।
मन्त्रीद्वारा नापी कार्यालयको उद्घाटन

कलैया । मन्त्री श्रेष्ठले बारा स्थित सिम्रौनगढमा मालपोत र नापी कार्यालयको उद्घाटन गर्दै सिंहदरबारको अधिकार गाउँघरमा ल्याउनुपर्छ भन्ने भनाइ बोलाईमा मात्र सीमित भएका कारण यसलाई ब्यहारमा पनि उतारर्नुपर्नेमा जोड दिए । अहिले पनि राज्यको अधिकांश संरचनाहरु केन्द्रित भएका कारण यसलाई जनताको गाउँघर वा स्थानीय तहमा लग्नुपर्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले अरु मन्त्रालयले के गर्छ थाहा छैन् आफूले आफ् नो मन्त्रालयको हरेक गतिविधि प्रविधि युक्त बनाई गाउँघर सम्म पुर्याउन प्रतिवद्ध रहेको बताइन । सात वर्ष अगाडि सिम्रौनगढमा मालपोत र नापी कार्यालय ल्याउने निर्णय गरिएको भए पनि कार्यान्वयनमा ल्याउन नसकिरहेको खण्डमा आफूले यहाँको स्थानीयसँग सहकार्य गरेर ल्याएरै छाडेको बताइन । मन्त्री श्रेष्ठले घुस लिने र दिने दुबै दोषी हुने भएकाले यस्ता क्रियाकलापहरुलाई निरुत्साहित गर्नुपर्ने बताइन । नियमविपरीत कार्य गर्न कसैलाई पनि छुट नभएका कारण आफू स्वयम कानून ,नियमको अधिनमा रही काम गराउनुपर्ने यदि काम नगरेको खण्डमा त्यस्ता व्यक्ति वा संस्थालाई समाजमा सार्वजनिक गरिदिनुपर्ने बताइन ।