अपडेट 
२०७९ भाद्र १६, बिहीबार ०७:२७

बाराको सिमरामा नेपाल र भारतका क्लबको सहभागिता रहने गरी दोस्रो अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फूटवल प्रतियोगिता हुने भएको छ ।

क्लबले बुधबार सिमरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा दार्जीलिङ, कोलकत्ता, सिक्किम, धरान, चितवन, जावलाखेल, चन्द्रनिगाहपुर, नवलपरासी, विराटनगर, बुटवल, पोखराको दुई, वीरगञ्जको दुई र आयोजक क्लबको दुई टिमको सहभागिता रहने जानकारी दिइएको छ । सिमरा भेट्रान क्लबले भदौ २ ९ गतेदेखि असोज १ गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो । सिमरा रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका १६ टिमको सहभागिता रहनेछ । सिमराका युवा समाजसेवी श्यामबाबु गुप्ताको स्वर्गीय माता मन्जुदेवीको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभरी उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, फरवार्डलाई समेत विधागत पुरस्कारबाट पुरस्कृत गरिने प्रतियोगिता संयोजक हरि चौधरीले बताए । प्रतियोगितामा ४० वर्ष उमेर भन्दा माथिका खेलाडी सहभागी हुनेछन् । चार दिनसम्म संचालन हुने प्रतियोगितामा दैनिक चार वटा सम्म खेल हुने बताइएको छ । प्रतियोगितामा कुल १० लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको क्लबका अध्यक्ष राज कपुर राउतले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News