अपडेट 
२०७९ भाद्र १६, बिहीबार ०९:३७

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ ।

प्रतिनिधि सभाको महाभियोय सिफारिस समितिले जबराको बयान लिइरहेको छ ।

बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिनुभयो ।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उहाँले ४ वटा प्रश्नको मात्र जवाफ दिनुभएको छ । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गर्नुभएको थियो ।

उहाँले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गर्नुभएको थियो । बुधबार जबराले चार घण्टा बयान दिनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News