अपडेट 
२०७९ भाद्र १६, बिहीबार १२:१४

बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ११ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ३० रुपैयाँ कायम रहेको थियो ।

Comment


Related News

Latest News

Trending News