२०७९ भाद्र १७, शुक्रबार ०६:४७

९ औ राष्ट्रिय खेलकुदको लागि धनुषाबाट फुलकन्टेक्ट करातेका खे लाडीहरुलाई छनौट गरिएको छ ।

विहीवार धनुषा जिल्लाभरिबाट फुलकन्टेक्ट करातेका विभिन्न तौल समूहका खेलाडीलाई प्रतियोगिता मार्फत छनौट गरिएको हो । जनकपुरधामस्थित कबड हलमा भएको छनौट प्रतियोगितमा विभिन्न तौल समुहका ७ पुरुष र ७ महिला १० जना खेलाडी छनौट गरिएको फुलकन्टेक्ट करो तका वरिष्ठ प्रशिक्षक मोहम्मद असगर खाँले जानकारी दिए । प्रतियोगिताबाट ४० किलो तौल समुहमा अरमान साफी, ४५ किलो तौल समुहमा सुजित कुमार शर्मा, ५० किलो तौल समुहमा अरमान खान, ५५ किलो तौल समुहमा साविर हुसेन, ६० किलो तौल समुहमा हफिजुल मोमिन, ६५ किलो तौल समुहमा तौसिफ अलि खान र ओपेनमा सनि सिंह छनौट भएका हुन् ।त्यसैगरि, महिला तर्फ ४० किलो तौल समुहमा माला ठाकुर, ४५ किलो तौल समुहमा खुशबु कुमारी यादव र ५० किलौ तौल समुहमा प्रतिभा लामा छनौट भएको वरिष्ठ प्रशिक्षक खाँले जानकारी दिए ।



क्युकोशिन कान कराते संघ धनुषाका अध्यक्ष सुनिल कुमार यादवको अध्यक्षतामा भएको खे लाडी छनौट प्रतियोगितामा वरिष्ठ प्रशिक्षक खा, कराते प्रशिक्षक राकेश यादव, उमेश यादव, लटमे श्वर यादव, विशेन्द्र यादव, गौतम साह र नेहाल साफीको छनौट प्रक्रियामा सहभागि रहेका थिए ।

Comment


Related News

Latest News

Trending News