अपडेट 
२०७९ भाद्र १७, शुक्रबार ०६:५३

रौतहटको गरुडा नगरपालिका ९ रघुनाथपुर गम्हरियमा पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत ३९० घण्टे सिलाई कटाई र चुरी लहठ्ठी सम्बन्धी निःशुल्क तालिम सम्पन्न भएको छ ।

सिलाई कटाईको माध्यमले महिलाहरुलाई स्वरोजगार बनाउनुका साथै आत्मनिर्भर बनाई बेरोजगारी समस्या अन्त्य गर्ने उद्देश्यले आरडीसी नेपालद्वारा आयोजित उक्त तालिमको बिहीवार एक कार्यक्रमका बीच समापन गरिएको हो । तालिम समाप्न कार्यक्रममा सहभागी भएका गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले उक्त तालिममा सहभागी २० जना महिलालाई एक÷एक थान सिलाई कटाई मेसिन, प्रमाणपत्र र १० थान छुरा बनाउने औजार वितरण गरेका छन् । महिलाहरुलाई सिलाई कटाई मेसिन तथा प्रमाणपत्र वितरण गर्दै गरुडा नगर प्रमुख जयसवालले यस्ता खालका स्वरोजगारमूलक ज्ञान र सीपले गांउ टोलको मात्र नभएर सिंगो राष्ट्रकै बिकास र समृद्धिमा टेवा पूग्ने बताएका छन् । सीपको माध्यमले आयआर्जनसंगै आत्मनिर्भर र स्वरोजगार बन्न सकिने उल्ले ख गर्दै जयसवालले तालिममा सिकेका सीपलाई भरपुर सदुपयोग गर्दै उद्यमशिलता तर्फ अग्रसर हुन आग्रह समेत गरेका हुन् । साथै उनले तालिममा सिकेका सीपलाई व्यवहारमा ल्याउन समेत आग्रह गरे । सिलाई कटाईको तालिम लिएका महिलाहरुलाई आ आफना घरमा समत सिलाई कटाई गर्न सहज होस र उनिहरु मेसिनकै माध्यमले घरमै बसीबसी जिविकोपार्जन गर्न सकुन भन्ने उद्देश्यका साथ उक्त सिलाई कटाई मेसिन र औजार वितरण गरिएको नगर प्रमुख जयसवालले बताए ।

नगरपालिका भित्र रहेका सृजनशिल महिलाहरुलाई चुलोचौकोमा मात्र सिमित नराखी सिलाई कटाई तालिम सिकी स्वरो जगार बन्न सक्ने र आत्मनिर्भर हुन सक्षम हुने मिहिनती महिलालाई नगरपालिकाले सदैव साथ दिने समेत उनले बताए । महिलाहरुलाई सीप सिकाएर आयआर्जनमा बृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ सीपमुलक तालिम संचालन गरिएको आयोजक संस्था आरडीसी नेपालले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News