
आगामी संघीय निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम मधेसका तीन जिल्लाबाट सिफारिस भएको छ ।
यादवले आफ्नो दलको जनाधार रहेका धनुषा, सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि नाम सिफारिस गराएका छन् । सिरहा र बारामा दुई–दुईवटा क्षे त्रबाटै उनको नाम सिफारिस भएको छ भने धनुषाको निर्वाचन क्षेत्र नम्वर ३ वाट उनलाई आग्रह सहित सिफारिस गरिएको छ । पहिलो संविधानसभाको निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जितेका यादवले दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरीबाट विजयी भएका थिए । ०७४ को निर्वाचनमा उनी सप्तरी आए । सप्तरीको निर्वाचन क्षेत्र नं.२ बाट उनले प्रतिनीधिसभा सदस्यमा चुनाव जिते । मधेश आन्दोलनको जगमा उदाएका ने ता यादवले आफ्नो राजनीतिक यात्रामा मधेशका जुन जिल्लावाट लडेपनि जित्ने गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले यादवलाई आग्रह गरे पछि उनी त्यो क्षेत्र छोडन सक्ने अनुमान गरिएको छ । आगामी निर्वाचनमा जसपा मधेशमा पाँच दलीय गठबन्धनभन्दा मधेश केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संग गठबन्धन गर्ने दाउमा छ । त्यसैले यादवले आफ्नो ठाउँ सुरक्षित गर्न र मधेशमा लोकप्रिय रहेको सन्देश दिन ती जिल्लाबाट नाम सिफारिस गर्न लगाएका हुन् । जसपाको क्षेत्रीय समितिको बिहीबार बस्ने बैठकले यादवको नाम एक नम्बरमै सिफारिस गर्ने जसपाका नेता शम्भु झाले बताए । प्रतिनिधिसभा निर्वाचन उम्मे दवारका लागि सिरहा क्षेत्र नम्बर १ र २ बाट जसपाका अध्यक्ष यादवको नाम सिफारिस गरिएको छ । जसपा सिरहा क्षे त्र नम्बर १ का क्षेत्रीय समितिको बुधबार बसेको बैठकले पहिलो नम्बरमा पार्टी अध्यक्ष यादवको नाम सिफारिस गरेको क्षेत्रीय कार्यसमिति सचिव राकेश गुप्ताले जानकारी दिए ।

उनका अनुसार २०६३ को मधेश आन्दोलनको उद्गमस्थल लहान भएको र त्यही भावनाअनुरूप राष्ट्रिय अध्यक्षको उम्मेदवारी यही क्षेत्रबाट हुनुपर्ने पार्टीका नेता–कार्यकर्ताको माग आएपछि यादवको नाम सिफारिस गरिएको हो । पार्टी अध्यक्षको नाम आएपछि २०७४ को निर्वाचनमा पराजित राजलाल यादवले अध्यक्षका लागि दाबी छाड्दै प्रदेशसभा सदस्य ‘ख’ बाट उम्मेदवारी घो षणा गरेका छन् । प्रदेशसभा सदस्य उम्मे दवारका लागि उनको नाम सिफारिस गरिएको छ । २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका यादव १३ हजार ३ सय ५१ मतसहित तेस्रो स्थानमा थिए । त्यो क्षे त्रबाट कांग्रेसका प्रदीप गिरि २३ हजार ९ सय ५१ मतसहित निर्वाचित भएका थिए । ‘अध्यक्षको नाम आएपछि मैलै उम्मेदवारी दाबी छाडे,’ यादवले भने । यस्तै, सिरहा क्षेत्र नम्बर २ बाट पनि जसपा अध्यक्ष यादवको नाम उम्मे दवारीका लागि सिफारिस भएको छ । जसपा सिरहाका सहसचिव लालबहादुर साहले कार्यकर्ता पंक्तिबाट राष्ट्रिय अध्यक्ष यादव, मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव र शत्रुघ्नप्रसाद सिंह कोइरीको नाम आएपछि उम्मेवारीका लागि सिफारिस गरिएको जानकारी दिए । क्षेत्रबाट आएका उम्मे दवारको सिफारिस नामावली जिल्लामा प्राप्त भएको उनले जानकारी दिए । बाराको दुई निर्वाचन क्षेत्र २ र ३ बाट पनि जसपा अध्यक्ष यादवको नाम सिफारिस गरिएको छ । गत भदौ १२ मा पार्टीको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र ३ बाट यादवको नाम पार्टीको जिल्ला समन्वय समितिमा सिफारिस गरेको हो । क्षेत्रले गरेको सिफारिसबारे विस्तारित जिल्ला कमिटीमा बुधबार छलफल भइरहेको जसपाका जिल्ला अध्यक्ष अजय पटेलले बताए । ‘ क्षेत्रबाट जिल्लामा आएका सिफारिसबारे जिल्ला कार्यकारिणी समितिले निर्णय गर्ने कि विस्तारित बैठकले निर्णय लिने भन्ने बारे छलफल भइरहेको छ,’ उनले भने । ०७४ को निर्वाचनमा बाराको यी दुवै निर्वाचन क्षेत्रबाट यादवकै दलले जितेको थियो । निर्वाचन क्षेत्र नम्बर ३ मा जसपका तत्कालीन जिल्ला अध्यक्ष रामबाबु यादव विजयी भएका थिए भने क्षेत्र नम्बर २ मा जसपाका तत्कालीन महासचिव रामसहाय यादवले जितेका थिए । क्षेत्र नम्बर ३ को ‘क’ बाट प्रदेशसभामा माओवादीकी ने तृ ज्वाला साहले जितेकी थिइन् । साह अहिले एमालेकी नेतृ छिन् । ‘ख’ बाट समाजवादी पार्टीका पारस साहले जितेका थिए ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेशसभाको लागि समाजवादी पार्टीकै शारदाशंकर कलवार र ‘ख’ बाट पनि समाजवादीकै बच्चा यादव अहिर जितेका थिए । क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पार्टी केन्द्रीय अध्यक्षबाहेक अरु ५ जनाको नाम क्षेत्रीय समितिबाट सिफारिस भएको जिल्ला अध्यक्ष पटेलले बताए । उनकाअनुसार हालका संघीय सांसद रामबाबुकुमार यादव, पहिलो संविधानसभा सदस्य प्रमोद गुप्ता, केन्द्रीय सदस्य प्रकाश चापागाईं, युवा नेताद्वय सुनिल दास र मनीष यादवको नाम क्षेत्रबाट सिफारिस भएको छ । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसदका लागि पार्टी के न्द्रीय अध्यक्ष यादवबाहेक हालका सांसद रामसहाय यादव र प्रयाग राय यादवको नाम सिफारिस भएको पटेलले बताए ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw