
जीतपुरसिमरा उपमहानगरपालिकाको व्यवसायीहरुले कवाडी ब्यवसाय गर्ने ब्यपारीहरुले कबाडी करको बिरोध गरेका छन् ।
उनीहरुले कबाडी करमा केही संशोधन गर्न उपमहानगरपालिकासँग माग गरेका छन् । कबाडी ब्यवसायीहरुले ‘ ए’ ‘बि’ ‘सि’ ग्रेडमा कबाडी कर नलगाउँन, गलाउने समानमा मात्र कर लगाउनुपर्ने ,निकासीमा लगाईएको कर घटाउनुपर्ने, पुनः प्रयोग हुने सामानमा कर नलगाउन, पैठारी समानमा आफ्नो पालिका भन्दा बाहिरबाट आयात गरिएको कबाड समानहरुमा कर नलगाउन माग गरेका छन् । ज ी त प ु र िस म र ा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले स्थानीय तह कार्यसञ्चालन कार्यबिधि अनुसार उपमहानगरपालिकाले कर लगाएको बताए ।
उपमहानगरपालिकाले लगाएको कबाडी कर नगर सभाले पारित गरेपछि ऐ नको रुपमा कार्यान्वयनमा आएको बताए । नगर प्रमुख वा कार्यापालिका बैठकसँग पनि सो ऐन संशोधन गर्ने अधिकार नरहे को जिकिर गरे । उपमहानगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ कोलागि कबाडी करको ठेक्का लगाईसकेको छ ।