प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा महोत्तरीमा राजनीतिक माहोल तात्दै छ ।
दलहरू आन्तरिक बैठकमा सम्भावित उम्मेद्वारबारे छलफलमा छन् भने आम सर्वसाधारण कुन दलबाट को उमेद् वार बन्लान् र चुनावी नतिजा कस्तो आउला भन्ने लख काटिरहेका छन् । जिल्लामा अहिले सत्तारुढ पाँच दलीय गठबन्धनका बैठक सघन हुँदैछन् । “हामी चुनावको तयारी मात्र नभएर विभिन्न स्थानीय समस्याबारे संग छलफल गर्दैछौं, हाम्रा बैठकले चुनावमा साझा उम्मेद्वार बनाउन र परिणाम अनुकूल बनाउन सहयोग पुग्ने देखेका छौं” नेकपा ( माओवादी केन्द्र) का जिल्ला इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य राजु खड्का भन्छन् । गठबन्धन दलका जिल्लास्तरीय बैठकमा उम्मेद् वारबारे नै छलफल नभए पनि उपल्लो नेतृत्वले उम्म्ेद्वारबारे गर्ने साझा निर्णयलाई आत्मसाथ गरेर अघि बढ्ने वातावरण तयार गर्न लागिएको खड् काको भनाइ छ । जिल्लामा सत्तारुढ पाँच घटकमध्ये नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी)का गतिविधि निकै हुन थालेका छन् । गठबन्धन घटकमध्ये राष्ट्रिय जनमोर्चाको यहाँ गतिविधि देखिएको छैन । सत्तारुढ गठबन्धन आबद्ध दलले जिल्लामा केन्द्रले गर्ने निर्णयलाई आत्मसाथ गर्दै साझा चुनावी अभियान सञ्चालन गरिनेसम्मका छलफल बढाइने गरिएको नेपाली काँग्रेसका महासमिति सदस्य चिरिञ्जीवी हमालले बताए ।
जिल्लामा गठबन्धन दलबाट कसले कहाँ उम्मेद्वारी दिने सहमति केन्द्रबाटै हुने हुँदा संयुक्त बैठकमा योबारे छलफल नगरिएको जिल्लाका गठबन्धन आबद्ध दलका नेताको भनाइ छ । “हामीले आ– आफ्ना दलका उपल्लो नेतृत्वलाई उम्मे द्वारीबारे सुझाव दिएका छौंँ, त्यसमा के न्द्रले नै निर्णय गर्ने हो” जसपा नेपालका केन्द्रीय सदस्य राजकिशोर यादव भन्छन्, “केन्द्रले गर्ने निर्णय भूगोलको राजनीतिक परिस्थितिसँग मेल खाने गरी भए गठबन्धनले राम्रो परिणाम पाउनेमा हामी ढुक्क छौंँ ।” जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र छन् । यसअघिको २०७४ सालको संसदीय निर्वाचनमा प्रतिनिधिसभामा दुई स्थान लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) र एक/एक स्थान जसपा नेपाल (तत्कालीन संघीय समाजवादी पार्टी) र माओवादी केन्द्रले जितेका थिए । त्यसैगरी प्रदेशसभातर्फ चार लोसपा (तत्कालीन राजपा), दुई जसपा (तत्कालीन संघीय समाजवादी पार्टी) र एक/एक क्षेत्र एमाले र माओ वादी केन्द्रले प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा राजपा र संघीय समाजवादी पार्टी तथा एमाले र माओवादी केन्द्र गठबन्धन बनाएर निर्वाचनमा सहभागी भएका थिए । गत २०७४ मा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको पदावधि केही बाँकी रहे पनि राजनीतिक परिवेश भने निकै फरक भएको छ । त्यतिखेर एक्लै चुनाव लडे को नेपाली काँग्रेस अहिले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दैछ । त्यतिखेर ‘ हमसफर’ (साझा यात्रा) गरेका माओ वादी केन्द्र र एमाले अहिले एकअर्काको उछितो काढ्ने स्थितिमा देखिदा छन् ।
त्यसैगरी लोसपा र जसपाबीच पनि एक ठाउँ उभिने सहज परिस्थिति देखिएको छैन । पछिल्लो विकसित राजनीतिक परिस्थितिले आसन्न निर्वाचनमा ने पाली काँग्रेसलाई सबैभन्दा बढी फाइदा हुने राजनीतिक विश्लेषक बताउँछन् । “झट्ट हेर्दा चुनाव काँग्रेसलाई अलि सजिलो होला जस्तो लाग्छ” राजनीतिक विश्लेषक तथा समाजशास्त्री भङ्गाहा–३ का बासिन्दा शिवराज दाहाल भन्छन, “यद्यपि गठबन्धन दलबीचको सहमति र सहकार्य कस्तो हुन्छ भन्ने मुख्य पाटो हो ।” विसं २०७४ को स्थानीय तह निर्वाचनमा तीन प्रमुख र एक उपप्रमुख जितेको काँग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने शून्यमा झरेको थियो । यसपालिको स्थानीय तह निर्वाचनमा यसअघि जिते का दुई नगरपालिका हारेर एक नयाँसहित कांग्रेसले दुई नगरपालिकामा जित हासिल गरेको छ । वडाको परिणाम भने काँग्रेसका लागि उत्साहवद्र्धक देखिन्छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जिल्लाका कूल १ सय ३८ वडामध्ये काँग्रेसले सबैभन्दा बढी ३६ वडाध्यक्ष जितेको छ । आसन्न निर्वाचनमा गठबन्धन दलबीच आफ्नो उमेद्वारी दाबी गर्न काँग्रेसलाई यो निकै प्रामाणिक आधार बन्ने दाहाल बताउछन् । जिल्लामा गत स्थानीय तह निर्वाचन परिणाम हेरिदा जसपा नेपालले निकै राम्रो सफलता पाएको देखिन्छ । विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एक गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष मात्र जितेको तत्कालीन संघीय समाजवादी पार्टी (हाल जसपा)ले यसपटक दुई नगरपालिका र तीन गाउँपालिकासहित पाँच स्थानीय तहमा जित्न सफल भएको छ ।
जिल्लाको जलेश्वर र मुख्य व्यापारिक कारोबारको केन्द्र रहेको गौशाला नगरपालिकामा जसपाले प्रमुख÷उपप्रमुख जितेको छ । त्यसैगरी भौगोलिक र राजनीतिक महत्वका तीन गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र थप एक गाउँपालिकामा उपाध्यक्ष पद जसपाले जितेको छ । वडा परिणाममा नेका र लोसपाभन्दा पछि देखिए पनि २०७४ को तुलनामा जसपाले निकै ठूलो फड्को मारेको देखिन्छ । यसपालि जसपाले ३० वडाध्यक्ष जिते को छ । यो सङ्ख्या तेस्रो ठूलो हो । ने कापछि वडा धेरै जित्नेमा लोसपा छ । लोसपाले जसपाभन्दा एक बढी ३१ वडामा जित हात पारेको छ । विसं २०७४ को निर्वाचन परिणामलाई आधार बनाएर हेर्दा यसपालि लोसपा नेपाल (२०७४ को राजपा नेपाल) र माओवादी केन्द्र खस्के का देखिन्छन् । त्यतिबेलाको स्थानीय तह निर्वाचनमा तीन नगरपालिकाका प्रमुख/उपप्रमुख र एक गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षसहित बहुमत वडा जितेको माओवादी केन्द्र यसपालि १३ वडा मात्र जितेर खुम्चिएको दे खिन्छ । त्यसैगरी सात स्थानीय तहमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र बहुमत वडाध्यक्ष जितेको राजपा (अहिलेको लोसपा) ले यसपालि चार नगरप्रमुख÷उपप्रमुख र एक गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षसहित पाँच स्थानीय तहमा झरेको छ । यद्यपि वडा जित्नेमा भने यसपालि लोसपा दोस्रो ठूलो दल भने देखिएको छ ।
यता २०७४ को स्थानीय तह निर्वाचनमा आठ वडा मात्र जिते को एमालेले यसपालि स्थानीय तह निर्वाचनमा अवस्था धेरथोर सुधारे को छ । एमालेले यसपालि एक नगर प्रमुख/उपप्रमुख र १८ वडाध्यक्ष जिते को छ । स्थानीयतह निर्वाचन सम्पन्न भएयता आफ्नो दलको पक्षमा थप समर्थन र प्रवेशको लहर बढेको बताउने एमालेका जिल्ला इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य सरोज यादव आसन्न संसदीय निर्वाचनमा सबैलाई छक्क पार्ने गरी नतिजा ल्याइने बताउछन् । “हामी बलियो भएको प्रमाण त सत्ता गठबन्धनले नै दिंदैछन् नि !” आफ्नो दल पाँच दलीय गठबन्धनसँग जिल्लाका सबै क्षेत्रमा कडा टक्कर दिन समर्थ रहेको यादवको दाबी छ । जिल्लामा गत वैशाखको स्थानीय तह निर्वाचनमा लोसपाबाट विभाजित वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले एक गाउँपालिकाको अध्यक्ष र केही वडामा जित हात पारेको छ । त्यसैगरी डा.सिके राउत नेतृत्वको जनमत पार्टीले गत स्थानीय तह निर्वाचनमा जिल्लाका अधिकांश ठाउँमा उम्मेद्वारी दिएको थियो । चुनावमा देखाएको सरिकता अनुसार उपलब्धि नपाए पनि यो दल जिल्लाका सबै स्थानीय तहमा पुगेको भने छ । आसन्न संसदीय निर्वाचनमा आफ्नो दलले सबै क्षे त्रमा कडा टक्कर दिने सो दलका जिल्ला अध्यक्ष कोमल यादवले बताए ।
अहिलेसम्म जसपा नेपालबाहे क अन्य दलले उम्मेदवार सिफारिस गरेका छैनन् । जसपा नेपालले भने प्रतिनिधिसभा र प्रदेशसभाका लागि जिल्लाका सबै क्षेत्रमा उम्मेद्वारको नाम सिफारिस गरेको छ । यद्यपि पाँच दलीय गठबन्धनको प्रमुख घटक जसपाले गरेको सिफारिस गठबन्धनबाट कति स्वीकृत हुने त्यो अहिले हेर्न बाँकी नै छ । पछिल्लो समयमा लोसपा पनि गठबन्धनमा सामेल हुने चर्चा छ । यदि लोसपा गठबन्धनमा सामेल भएर यसपालि आसन्न निर्वाचनमा उमेद् वारी कसले पाउने भन्ने कुरामा २०७४ सालको संसदीय निर्वाचन परिणाम हेरियो भने काँग्रेसले प्रतिनिधिसभामा उम्मेद्वारी नपाउने हुनसक्ने कतिपयको अड्कल छ । एमालेले जितेबाहेकका क्षेत्रमा सिट बाँडफाँट गर्ने र पहिले जसले जहाँ जितेका छन्, गठबन्धनभित्रका उसैलाई साझा उम्मेद्वार बनाउने नीति बने मा काँग्रेसले माग्न पाउने एक मात्र प्रदे शसभाको क्षेत्र देखिन्छ । यद्यपि एमाले जितेको महोत्तरी–१ ‘क’ प्रदेशसभा क्षे त्रमा आफ्नो स्वभाविक दाबी हुने नेकपा (एकीकृत समाजवादी)का मधेश प्रदेश कमिटी सदस्य सुरेश राउतले बताए । पछिल्ला निर्वाचन परिणामले जिल्लामा त्यति सशक्त नदेखिएको एमालेलाई उम्मेद्वार छान्न भने अरुभन्दा कम सकस छ ।
गठबन्धन दलहरूबीच सबैको चित्त बुझाएर उम्मे द्वारी छिनोफानो गर्न निकै सकस पर्ने गठबन्धन दलआबद्ध नेता नै बताउँछन् । यद्यपि जसपा नेपालका ने ता लक्ष्मी महतो पछिल्लो स्थानीय तह निर्वाचनमा वडामा प्राप्त मत र जनसङ् ख्या अनुपात मिलाएर वैज्ञानिक विश्ले षणका आधारमा कुन दललाई कहाँ उमेद्वारी दिने टुङ्गोमा पुग्नसक्ने बताए। जिल्लाका गठबन्धन आबद्ध दलले आ–आफ्ना दलमा आन्तरिक छलफलबाट उमेद्वार सिफारिस गरेर आफ्नै पार्टी केन्द्रमा पठाइने जनाएका छन् । “हामी आ–आफ्ना दलभित्र छलफल गरेर प्रदेश समितिमार्फत उम्मेद्वारको सिफारिस पार्टी केन्द्रमा पठाउँछौ” नेपाली काँग्रेसका जिल्ला सभापति नागेश्वर यादव भन्छन्, “गठबन्धनभित्रबाट को उमेद्वार हुने त्यो केन्द्रले नै निक्र्यौल गरेर पठाउँछ ।” जिल्लामा यसअघिको गत स्थानीयतह निर्वाचनका लागि २० राजनीतिक दल दर्ता थिए । चुनावी परिणाम र प्रतिष्पर्धामा १० भन्दा कम दल नै देखिए । अहिले आसन्न संसदीय निर्वाचनमा पनि यसै सङ्ख्याको सेरोफेरो का दल प्रतिष्पर्धामा उत्रने लख काटिदैछ । यसबाहेक गत स्थानीय तह निर्वाचनमा केही ठाउँ स्वतन्त्र उम्मेद्वारले खुबै चर्चा बटुलेका र केही परिणाम पनि पाएको परि दृश्यले अबको निर्वाचनमा स्वतन्त्र उम्मे द्वार केही बढ्ने राजनीतिक विश्लेषक तथा स्तम्भकार रणधीर चौधरी बताउछन्। यस क्रममा केही प्रतिनिधिसभा र प्रदे शसभाका लागि उम्मेद्वारी घोषणा पनि दिनदिनै बढ्दैछन् । आसन्न संसदीय निर्वाचनमा यसपालि जिल्लाको कूल मतदाता सङ् ख्या चार लाख एक हजार ४ सय ३१ पुगेको जिल्ला निर्वाचन कार्यालय महो त्तरीले जनाएको छ । यद्यपि मतदातामाथि भदौ १२ देखि हुने दाबीविरोधका उजुरीका कारवाहीले केही सङ्ख्या घट्न भने सक्ने सम्भावना बाँकी छ ।
यसरी माथिको सङ्ख्या अन्तिम मतदाता नामावलीमा कायम हुँदा यो २०७४ को निर्वाचन भन्दा ८३ हजार ७ सय ४२ ले र गत स्थानीय तह निर्वाचनभन्दा ६५ हजार ३ सय ३६ ले बढी हो । २०७४ को निर्वाचनमा जिल्लामा तीन लाख १७ हजार ६८९ र गत स्थानीय तह निर्वाचनमा तीन लाख ३६ हजार ९५ मतदाता कायम थिए । यसैबीच जिल्ला निर्वाचन कार्यालयले जिल्लाका सबै वडा कार्यालयमा मतदाता नामावली सार्वजनिक गरेको छ । निर्वाचन आयो गको सकृयतासँगै राजनीतिक दल मात्र नभएर सर्वसाधारणमा पनि आसन्न चुनावबारे चासो निकै बढेको छ । आम सर्वसाधारण आसन्न चुनावबारे विभिन्न अड्कलबाजी गरी रहेका भेटिन्छन् । आमनिर्वाचन लोकतन्त्रको आधारभूत स्तम्भ भएको हुँदा चुनाव निष्पक्ष र स्वच्छ बनाउन मुख्य भूमिका राजनीतिक दल, सरकार र निर्वाचन आयोगको हुने बुद्धिजीवी बताउछन । सबैको सकारात्मक प्रयत्न र तत्परताले लोकतन्त्रको उच्चतम् अभ्यास विश्वमै सकारात्मक उदाहरण दिने गरी सम्पन्न गर्न सम्बद्ध सबै पक्षको भूमिका हुनपर्ने बर्दिबास–१४ स्थित बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीले बताए ।