
टुडे समाचारदाता
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–४ ठाडीका वडाध्यक्ष वाजिव परमानीले महिलामाथि हातपात गरेका छन् ।
सासु र वुहारी विच भएको घरायसी विवादमा उनले आफ्ना केही समर्थक लिएर स्थानीय सदिला खातुनमाथि हातपात गरेको पीडितले बताएकी छन् । उनले गत स्थानीय निर्वाचनमा आफूलाई मत नदिएको निहुँमा सासु र वुहारी विच भएको विवादमा उनले वुहारीलाई समेत सिकाएर पिटाएकी सासु खातुनले गुनासो गरेकी छन् । उनले भनिन–‘नेता जी आएपछि आपूmलाई बचाउँछ भने आशा थियो तर, उनलेनै आफ्ना मान्छे संग पिटाए ।’

उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भई रहेको छ ।