‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ राष्ट्रिय सभाबाट हुवहु पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्ताव बहुमतले पारित भएको हो । पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पुनः पारित भइसकेको छ । यसअघिे विधायन व्यवस्थापन समितिले सरकारले प्रस्तुत गरेको ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेर राष्ट्रियसभामा पेश गरेको थियो ।
संघीय संसदको दुवै सदनबाट पारित सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको थियो ।