
नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को टिकट बेचेका छन् । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले निर्वाचनमा पराजित हुने डरले सो क्षेत्रवाट समानुपातिक तर्फ नाम सिफारिस गराएका छन् ।
तर, उनले प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको टिक धनाड्य प्रमेश्वर महासेठलाई बेचेको आरोप लागेको छ । धनाड्य महासेठ श्रृष्टि उद्योग प्रा.लि र राम जानकी रियल स्टेट प्रालिका चेयर मैन तथा पी महासेठ एण्ड कम्पनीका प्रोपराइट छन् । प्रतिनिधिसभामा सिफारिस भएका महासेठ नेपाली कांग्रेसको सधारण सदस्य समेत रहेको रेकर्ड पार्टी उपलव्ध छैन् । तर निधिले उनलाई प्रत्यक्ष तर्फको उम्मेदवार बनाएका छन् । प्रत्यक्ष तर्फ महासेठको एकल नाम सिफारिस गरिएको छ । यस भन्दा पहिला गत स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप– महानगरपालिकाका मेयरको सिट वर्तमान मेयर मनोजकुमार साह संग बेचेको आरोप लागेको थियो । निधिले धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को ‘क’वाट समानुपातिकमा सिफारिस गराएकाहरु मध्ये एक हुन मिन्टन झा । उनी निधिका व्यवसायीक साझेदारी मानिने गरिएको छ । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवार लालकिशोर साहलाई हराउन निधिले उनलाई पनि परिचालन गरेका थिए । उनी काठमाण्डुमा निधिको बिजनेश हेर्ने गरेका छन् । उनी संग पनि निधिले ठूलो रकम लिएको आरोप लागेको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्वर ३ मा निधिले चाहेकाहरु मात्रै उम्मेदवार बनेका छन् । ३ को क्षेत्रिय सभापति भाई धिरेन्द्र (श्याम) निधि हुन । उनलाई क्षेत्रिय सभापति बनाउनकालागि निधिनै महत्वपूर्ण भूमिका खेलेका थिए । श्याम पनि स्थानीय तहको निर्वाचनमा जनकपुरधाम लगायत नगराइन, धनौजी र मुखियापट्टि मुसहरनीयाको वडाध्यक्षहरुको टिकट बेचेको आरोप लगोको थियो । जसकारण जनकपुरधामको युनियन अपसेट प्रेसमा उनलाई कांग्रेसका नेता कार्यकर्ताहरुले हातपात समेत गरेका थिए । ठूलाभाई विमलेन्द्रले ठूला सिट र सानो भाइ श्यामले सानो सिट बेचबिखनमै नेपाली कांग्रेसलाई क्षेत्र नम्वर ३ मा पनि सखाप पार्न थालेको कांग्रेसी नेताहरुको आरोप छ । कांग्रेस वृतमा निधि डराएर निर्वाचनमा नआएर टिकट बेचेको चर्चा परिचर्चा चल्न थालेको छ । २०५१ मा कांग्रेसका तत्कालिन महामन्त्री महेन्द्रनारायण निधिले धनुषा ४ मा छोरा बिमलेन्द्र निधिलाई उम्मेदवार बनाएका थिए । बिमलेन्द्र निधि २१ हजार ३ सय ४० मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका कृष्णप्रताप मल्लले १६ हजार ५ सय ६३ मत पाएका थिए ।
एमालेकी शारदा झाले २ हजार ९ सय ४८ मत पाइन् । त्यसयता निरन्तर प्रत्यक्ष चुनाव लड्दै आएका निधि यो पटक भने समानुपातिकमा बस्ने निर्णय लिएका छन् । धनुषा ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न जिल्ला सभापति योगेन्द्र पञ्जियार, नेताहरु गणेश तिवारी र परमेश्वर महासेठले आवेदन दिए पनि पूर्व उपसभापति निधिले भने समानुपातिक रोजे । कांग्रेसमा शीर्ष तहबाट समानुपातिक रोजेर निवेदन दिने निधि पहिलो व्यक्ति हुन् । निधिले पार्टी सभापति शेरबहादुर देउवालाई समेत यो पटक समानुपातिकमा बस्न चाहेको बताएकाले उनको नाम बन्दसूचीमा पर्ने पक्का जस्तै छ । तर, आफ् नो क्षेत्रमा कमजोर उम्मेदवार दिएर उनले ठूलो रकम लिएको आरोप पनि उनीमाथि लागेको छ । निधि २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । त्यसअघि ०५६ मा राप्रपाका कृष्णप्रतापसँग हार व्यहोरेका थिए । तर मधेश आन्दोलनको बेला भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा निधि १५ हजार ५८२ मतका साथ विजयी भए । मधेश आन्दोलन सिथिल भएको बेला २०७० को चुनावमा निधिलाई सहज भएको थियो ।
२०७४ मा पनि उनलाई हार्छु भन्ने लागेको थिएन । वाम गठबन्धनबाट लो प्रोफाइलका माओवादीका राम सिंह उम्मेदवार थिए भने मधेशी मोर्चाको साझा उम्मेदवार बनेका महतो सर्लाही छोडेर पहिलो पटक धनुषामा उम्मेदवार बन्न आएका थिए । तर वाम गठबन्धन, त्यसमा पनि खासगरी एमालेले अघोषित रुपमा समर्थन गरेपछि महतोले निधिलाई झण्डै ३ हजार मत अन्तरले हराए । अहिले परिस्थिति फेरिएको छ । वाम गठबन्धनको एउटा घटक माओवादी र मधेशी मोर्चाको एउटा घटक जनता समाजवादी पार्टी (जसपा) कांग्रेसको साथमा छ । राजेन्द्र महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि हिजो जस्तो प्रभावशाली छैन ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw