२०७९ भाद्र १८, शनिबार ०७:१५

धनुषा प्रहरीले ५३ लाखको अवैध समान बरामद गरेको छ ।

शुक्रबार कमला नगरपालिका ३ र जनकपुरधामबाट कुल ५३ लाख २५ हजार चार सय २० रुपैयाँ बराबरको समान बरामद गरेको हो । प्रहरीले चेक जाँच गर्दा ज. १ ज. १७८ नम्बर पिकअपमा लोड गरी चोरी पैठारीको समान ल्याउदा ४९ लाख २६ हजार आठ सय बीस रुपैयाँको समान बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार दशै पर्व तिहार लक्षित गरी व्यवहासयीले खाद्ययन्न र लताकपडा भन्सार छलि गरी भारतबाट नेपाल भित्र्याउनै लाग्दा पक्राउ परेको थियो । सीमामा पनि कडाइ गरिएको छ । यस्तै, जनकपुरधाम उपमहानगरपालिका २ स्थितबाट विभिन्न ब्राण्डको जुत्ता, चप्पल दुई लाख ७७ हजार ९ सय रुपैयाँ बराबरको समान बरामद गरेका छन् ।

वडा नम्बर १२ बाट प्रहरीले ज. १२ प. १८८९ नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी एक लाख २० हजार सात सयको समान बरामद गरेको हो । प्रहरीले बरामद गरेका समानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ । सो सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Comment


Related News

Latest News

Trending News