अपडेट 
२०७९ भाद्र १८, शनिबार ०७:२३

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गराउ“ने सूर निर्वाचन आयोगको छ । आयोग, निर्वाचनको तयारीमा जुटेको छ । नया“ नया“ प्राब्धानसहितको आचार संघीता ल्याउ“दै छ । निर्वाचनलाई कम खर्चिलो बनाउ“ने धूनमा लागेको छ । यता सत्ता गठबन्धन भित्रका पा“च दल चुनावी मोर्चाबन्दी र सिट बा“ड फा“डमा अल्झेको छ । प्रत्यक्ष तर्फका १६५ सिटका लागी २२७ जनाको नाम प्रस्तावित छ । अझ लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सत्तागठबन्धनमा भित्र्याउ“ने तयारी छ । विभिन्न दलका उम्मेदवारहरुको मांग दावी २५० पुग्ने छा“टकाट देखिन्छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले आक्रमक चुनावी रणनीति र पार्टी प्रवेश कार्यक्रम लिएर जनतामाझ आउने तयारीमा जुटेको छ । अगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा गरी १५० सिट जित्ने लक्ष्य एमालेको छ । झण्डै दुई तिहाई बहुमतसाथ पा“च वर्ष अघि सत्ताआरोहन गरेका एमाले अध्यक्ष केपी ओलीको बडि लंङवेजमा राजाबाट रंग भएको पछुतो देखिदैन । अझ आउ“ने निर्वाचनमा भावी प्रधानमन्त्रीको दावेदार बनाउ“दा उनको उछलकूद अझ बढेको छ । पार्टी केन्द्रिय सदस्यहरुको रात्री भोजको क्रममा होटल एभरेष्टमा हारमुनियम बजाएर उनले आफ्नो चपलता देखाई सकेका छन् । नेपाली कांग्रेस,एमाले,माओवादी केन्द्र,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी होस्कि अन्य साना दलहरु । प्रायः सबै पार्टीका शिर्षहरु ७० कटेका वा ७० वरिपरिका छन् । उनिहरु दोहराई,तेहराई प्रधानमन्त्री बन्ने उत्कट अभिलाषा व्यक्त गर्न थालेका छन् ।

झन शेरबहादुर देउवाजी त छैठो पटक । मलाई चिन्ता छ– यस देशमा गगन थापा, विश्वप्रकाश शर्मा,घनश्याम भुषाल,प्रदीप ज्ञवाली,वर्षमान पुन,मनिष सुमन,जितेन्द्र सोनलहरु प्रधानमन्त्री बन्न पाउ“ने कि नपाउ“ने ? कारण शिर्ष नेताजीहरु पद र प्रतिष्ठाबाट अझै अघाएका छैनन । दोश्रो पुस्ताका रामचन्द्र पौडेल,शुभाष नेम्वाङ,देव गुरुङहरुको प्रधानमन्त्री बन्ने पालो अझैसम्म आएको छैन । बढदो उमेरसंगै मानिसको काम गर्ने क्षमतामा ह्रास आउ“छ । बौद्धिक क्षमता गल्दै जान्छ । गंभीर अध्ययन,अनुसन्धान पछि लोकसेवा परीक्षा उतिर्ण गरेर सरकारी सेवामा जानेहरु ५८ देखि ६३ वर्षमा अवकास प्राप्त गर्छन भने यी नेताहरुको अवकास किन नहुने ? तर आज म जनकपुर बारे लेख्ने सुरमा थिए । खासमा विमलेन्द्र निधीको धनुषा ३ बाट प्रत्यक्ष तर्फको उम्मेदवार नबन्ने अटकल बारे लेख्न खोजेको थिए । यस विषयमा विस्तुत बृतान्त लेख्नु अलि छिटो होला । यो अर्को पटक लेखौला । विमलदाई दूरदर्शी नेताहरुमध्येका गनिनु हुन्छ । कारण उनि आफ्नो निर्वाचन क्षेत्रको सडक, विजुली, पूल पुलैसामात्र देख्नु भएन, भावी पुस्ताले समेत लाभ लिन सक्ने राजर्षि जनक विश्वविद्यालयको सपना पनि देख्नु भएको थियो । मिथिला सांस्कृतिक केन्द्रको सपना पनि देख्नु भएको थियो । भावी पुस्ताका लागी सपना देख्ने, सपनालाई विपनामा परिणत गर्न भरमग्दूर प्रयास गर्ने नेता प्रत्यक्ष निर्वाचनमा जान नखोज्नु भनेको गंभीर विषय हो । सारमा भन्नु पर्दा यसका दुई कारणमात्र हुन सक्छन्– ‘ ओझा लेखे गाम बताह वा गाम लेखे ओझा बताह ।।’ फेरी पनि आग्रह गरौं यसका अन्तर्य बारे अर्को पटक लेखौला । मुलुकको राजनीतिमा अचेल नया“ अभियान सुरु भएको छ – ‘ लौडो अभियान’ अर्थात् काठमाण्डौ र धरानका स्वतन्त्र मेयरले जितेको लौडो चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने अभियान ।

२००७ सालदेखि २०७२ सालसम्म नेपाली जनताले पटक पटक आन्दोलन गर्ने अनि नेताहरुको आन्दोलनका उपलब्धिहरुलाई सुलीसात गर्ने । युवाहरु अब लौडो लिएर सडकमा उत्रिन खोज्दै छन् । युवापुस्ता यस अघिका आन्दोलनहरुबाट प्राप्त सकारात्मक उपलब्धीहरुलाई संस्थागत गर्न चाहन्छन् । बा“की बचेका कार्यभारका लागी पुनः संघर्ष गर्न चाहन्छन् । पा“च पा“च थान पार्टीको चुनावी गठजोड हुने तर निर्वाचनमा जान साझा निती तथा कार्यक्रम नआउने ? जनताको सिधा सवाल छ – यो गठबन्धन एमालेलाई परास्त गर्न कि मुलुकलाई नया“ दिशा दिनका लागी हो ? अब बा पुस्ताका देउवा, केपी, प्रचण्ड, झलनाथ, माधव, महन्तआदिलाई ससम्मान विदा गरौं । युवा पुस्तालाई मौका दिऊ“ । शिर्ष नेताजीहरुको कार्यशेली र पदलोलुपताले राजनीतिक दलहरुप्रतिको विश्वास डगमगाउ“नु पूर्व पार्टीभित्रकै युवा पुस्तालाई कार्यकारी पदमा अघि सारौं वा स्वक्ष क्षविका युवाहरुलाई राजनीतिमा स्वागत गरौं ।

Comment


Related News

Latest News

Trending News